कर्णाली प्रदेश सरकारले अध्यादेशबाट ल्याएको बजेट पारित भएको छ । झण्डै आठ महिनापछि मंगलबार विनियोजन अध्यादेश,२०७८ र आर्थिक अध्यादेश,२०७८ प्रतिस्थापन गर्न बनेको विनियोजन विधेयक, २०७८ र आर्थिक विधेयक, २०७८ संसद्बाट उक्त बजेट बहुमतले पास भएको हो । तत्कालीन अर्थमन्त्री गोपाल शर्माले चालु आर्थिक वर्षका लागि ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट संसद्मा प्रस्तुत गरेका थिए । असार १ गते प्रदेश सभामा पेस गरेको बजेट एमालेको अवरोधका कारण संसद्बाट पारित हुन नसके