कोष व्यवस्थापन कम्पनीको चौथो वार्षिक साधारण सभा असार २६ गते

असार १, काठमाडौं । कोष व्यवस्थापन कम्पनी लिमिटेडको चौथो वार्षिक साधारण सभा असार २६ गते हुने भएको छ ।  कम्पनीले कृषि विकास बैंकको मुख्य कार्यालयको सभाहल रामशाहपथ, काठमाडौंमा बिहान ११.३० बजेका लागि सभा बोलाएको हो । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने कम्पनीले जानकारी दिएको छ । सभाले शेयरधनीहरुलाई चुक्तापूँजीको ५ प्रतिशत बोनस शेयर कर प्रयोजनका लागि शून्य दशमलव २७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  सभाको अन्य प्रस्तावमा सञ्चालक समितिको गठन गर्ने, आर्थिक वर्ष २०६४/६५ देखि २०७६/७७ सम्मको नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण पारित गर्नुको साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने पनि रहेको छ ।  

सम्बन्धित सामग्री

फेडेरलको दोस्रो वार्षिक साधारण सभा

काठमाडौं– फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभामा संस्थापक समुहबाट रिक्त सञ्चालकमा नमिता शर्मालाई नियुक्त गरेको छ । यस्तै सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन, २०७९/०८० को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण, आ.व २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त हुने प्रस्ताव पारित गरेको कम्पनीले जनाएको छ । सभाले […]

हिमालयन एभरेष्ट इन्स्योरेन्सको २९औं वार्षिक साधारण सभा सुरु

काठमाडौं, २९ चैत्र । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको २९औं वार्षिक साधारण सभा सुरु भएको छ।

एनआईसी एशिया बैंकको २५ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, पुस ३० । एनआईसी एशिया बैंकको २५ औं वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । साे सभाले सर्वसाधारण शेयरधनी समूहको तर्फबाट सञ्चालकमा केशवप्रसाद लम्साललाई नियुक्त गरेको निर्णय अनुमाेदन गरेकाे छ । एनआईसी एशिया बैंकको २५ औं वार्षिक साधारण सभा २०७९/९/२९ गते शुक्रबारका दिन काठमाडौंको तिलगंगा स्थित होटल आनन्द प्रालिमा सम्पन्न भएको हाे । बैंकको […]

पञ्चशील सहकारी संस्थाको २२औं वार्षिक साधारण सभा सम्पन्न

पञ्चशील बहुउद्देश्यीय सहकारी संस्थाको २२औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।

युनाइटेड इन्स्योरेन्सको वार्षिक साधारण सभा

युनाइटेड इन्स्योरेन्सको २८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभामा सञ्चालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष ०७७/७८ लेखा परीक्षण प्रतिवेदन, ०७८ साल असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरू पारि...

सेञ्चुरी बैंकको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ – सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको एघारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा काठमाडौंमा शुक्रबार भौतिक उपस्थिति एवं अनलाइन(जुम)मार्फत एकसाथ सभा सञ्चालन भएको थियो। साधारण सभाले बैंकको चुक्ता पुँजीको ६.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। ०७८ असार मसान्तमा कायम चुक्ता पुँजीमा रु. ९,०३,४४,२९,५०२.५०/मा ५.७५ प्रतिशतले हुन आउने […]

क्यानको वार्षिक साधारण सभा स्थगित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारण सभा स्थगित भएको छ । क्यानका ६ बोर्ड सदस्यले वार्षिक साधारण सभा रोक्न भन्दै उजुरी दर्ता गरेपछि पुष १४ र १५ गर्ते धनगढीमा हुने तय भएको क्यान साधारण सभा स्थगित भएको हो । बिहीबार बसेको क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कोषाअध्यक्ष रोशनसिंह, कार्यवाहक सचिव प्रशान्त […]

नाडाको ४५ औं वार्षिक साधारण सभा तथा निर्वाचन स्थगित

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ४५ औं वार्षिक साधारण सभा तथा निर्वाचन स्थगित भएको छ ।नाडाको केन्द्रीय कार्य समितिको १३ औं बैठकले नाडाको ४५ औं वार्षिक साधारण सभा तथा २१ औं निर्वाचन स्थगन गरेको हो ।  कोभिड १९ को संक्रमण दर अझ उच्च हुन भइरहेको अवस्थामा र तेश्रो लहरको जोखिम समेत बढेको भन्दै नाडाले साधारण सभा स्थगन गर्ने निर्णय गरेको जनाएको छ ।