काठमाडौँलाई व्यवस्थित बनाउँछु : सिर्जना सिंह – देशसञ्चार
काठमाडौँ – सत्ता गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुखकी उम्मेदवार सिर्जना सिंहले काठमाडाँैलाई व्यवस्थित शहर बनाउने प्रतिबद्धता जनाएकी छिन्।
काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले आफ्नो अग्रता कायमै राखेका छन्। मतगणनाको प्रारम्भिक चरणदेखि नै अग्रता बढाउँदै लगेका बालेन्द्रले नेपाली काँग्रेसका उम्मेदवार सिर्जना सिंह र एमालेका केशव स्थापितलाई पछाडि पारेका हुन्। पछिल्लो मत परिणामअनुसार बालेनले ५२ हजार २५१ मत प्राप्त गरेका छन्। कांग्रेसकी सिंहले ३२ हजार ८२२ मत ल्याएकी छन्। बालेन भन्दा […]
काठमाडौं । काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयरकी उम्मेदवार सिर्जना सिंहले जित्ने आस अझै नमरेको बताएकी छन् । राष्ट्रियसभा गृहस्थित मतगणनास्थलमा पहिलोपटक पुगेकी सिर्जनाले आफू जित्ने आशा अझै रहेको बताएकी हुन् । ‘कतिपय वडामा हामी जितिरहेका छौं, अझै पनि जित्ने आशा छ । वडाहरूमा पनि राम्रै आइरहेको छ । नआएका वडाहरूमा गुड फाइट दिइरहेका छौं,’ […]
The post तेस्राे स्थानमा रहेकी सिर्जना सिंह भन्छिन, जित्ने आश बाँकी नै छ appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडौं : काठमाडौं महानगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार सिर्जना सिंह र नेकपा एमालेका उम्मेदवार केशव स्थापितभन्दा स्वतन्त्र उम्मेदवार बालेन शाहले दोब्बर मतले अगाडि छन्। पछिल्लो मतपरिणामअनुसार बालेनले ४ हजार ६ सय ४६ मत ल्याउँदा कांग्रेसका स्थापितले २ हजार ४ सय ५ मत ल्याएका छन्। भने, गठबन्धनकी उम्मेदवार सिंहले २ हजार २ सय २४ मत ल्याएकी छन्। राष्ट्रिय सभागृहमा कडा सुरक्षाबीच मतगणना जारी छ।
नेपाली राजनीतिमा लौहपुरुषको उपाधि पाएका नेता गणेशमान सिंहको परिवारको सदस्य हुन् सिर्जना सिंह । गोरखा बजारमा जन्मिएकी उनी २०४२ सालमा गणेशमानका छोरा प्रकाशमान सिंहसँग विवाह गरेर सिंह परिवारमा प्रवेश गरेकी हुन् । उनले सासू मंगलादेवी सिंहको विरासत पछ्याउँदै नेपाल महिला संघको राजनीतिमा जोडिइन् । उनको राजनीतिक संघर्षको यात्रा भने गोरखाबाटै सुरु गरेकी थिइन् । २०३३ […]
काठमाडौं, १९ वैशाख : काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेससहितको गठबन्धनबाट मेयर पदमा उम्मेदबारी दिएकी सिर्जना सिंहले काठमाडौंलाई सफा, स्वस्थ, हराभरा बनाउने प्रतिवद्धता व्यक्त गरेकी छिन् । शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल संकल्प र महिला गैरासरकारी संस्था महासंघको संयुक्त आयोजनामा सोमबार काठमाडौंमा सम्पन्न कार्यक्रममा कांग्रेस नेतृ सिंहले आफूले अन्धकारमय काठमाडौंलाई उज्यालो बनाएर सबैको लागि सुरक्षित […]
काठमाडौं, १२ बैशाख । सत्तारुढ दल नेपाली कांग्रेसले काठमाडौं र विराटनगर महानगरको उम्मेदवारको टुंगो लगाएको छ । काठमाडौं महानगरको मेयरमा सिर्जना सिंहले टिकट पाउने पक्का भएको एक स्रोतले जनाएको छ । त्यस्तै, कांग्रेसले विराटनगरमा नागेश कोइरालालाई मेयरमा टिकट दिने निर्णय गरेको छ । नागेश शेयर कोइरालानिकट मानिन्छन् । उनी कांग्रेस मोरङका उपसभापति पनि हुन् ।
काठमाण्डाै - नेपाली कांग्रेसबाट काठमाण्डौ महानगरपालिकाको मेयरमा सिर्जना सिंह उम्मेदवार बन्ने निश्चित भएको छ ।
कांग्रेस नेता प्रकाशमान सिंहका स्वकीय सचिव यूपी लामिछानेले सिंहलाई उम्मेदवार बनाउने निश्चित भएको पुष्टि गर्नुभएको हो । दिउँसो १ बजे शान्ति बाटिकामा भेला भएर र्यालीसहित मनोनयन दर्ताको लागि जाने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभएको छ ।
कांग्रेसको महानगर कार्यसमितिले काठमाण्डौको मेयरका लागि नीलकाजी शाक्य, सिर्जना सिंह, हरिप्रभा खड्गी श्रेष्ठ, इञ्जिनियर सुशन वैद्य र प्रगतिमान रञ्जितको नाम सिफारि...
काठमाडौँ । सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौँ महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसकी सिर्जना सिंह उम्मेदवार बन्ने लगभग निश्चित भएको छ । महानगर कार्यसमितिले आकाङ्क्षीका नाम केन्द्रलाई सिफारिस नगर्दै सिंहलाई उम्मेदवार बनाउन नेताहरू सहमत भएका छन् । मङ्गलवार बसेको सत्ता गठबन्धनको बैठकमा काँग्रेस नेताहरूले सिंहलाई काठमाडौँमा मेयरको उम्मेदवार उठाउने भएका हुन् । विधानतः महानगर कार्यसमितिले सिफारिस गरेका नामबाट […]
७ वैशाख, काठमाडौं । सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसकी सिर्जना सिंह उम्मेद्वार बन्ने लगभग निश्चित भएको छ । महानगर कार्यसमितिले आकांक्षीका नाम केन्द्रलाई सिफारिस नगर्दै सिंहलाई उम्मेदवार बनाउन नेताहरु सहमत भएका छन् । मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा कांग्रेस नेताहरुले सिंहलाई काठमाडौंमा मेयरको उम्मेदवार उठाउने बताएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए […]