काठमाडौं : काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह र एमाले उम्मेदवार सुनिता डंगोल विजयी भइसकेका छन्। एमाले उम्मेदवार काठमाडौं महानगरमा तेस्रो बनेका छन्। उनले ३८११७ मत पाए। दोस्रो बनेकी सिर्जना सिंहले ३८३४१ पाइन्। काठमाडौं महानगरका ३२ वडा मध्ये १९ वटा वडामा कांग्रेसका उम्मेदवार विजयी भएका छन्।यस्तै १२ वटा वडा एमालेले जितेको छ। एक वडामा भने नेकपा एकीकृत समाजवादी पार्टी विजयी भएको छ। हेर्नुहोस् कुन वडामा कसले जिते
१२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा मनोनयन दर्ताका लगि १२ वैशाखमा राष्ट्रिय सभागृह पुग्दा एमाले उम्मेदवार केशव स्थापितले सञ्चारकर्मीलाई भनेका थिए, ‘गठबन्धनको भन्दा डबल मत ल्याउँछु लेखेर राख्नुस् ।’ स्थापितको यो भनाइलाई सञ्चार माध्यमहरुले लेखेर राखे पनि । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको मत जोड्दा पनि आफूलाई नभेट्ने उनको हिसाब […]
काठमाडौं : स्थानीय तह निर्वाचन अन्तरगत १० दिनदेखि मतगणना जारी छ। पाँच महानगरको गणना अझै पनि चलिरहेको छ। काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले सुरुदेखि नै निरन्तर अग्रता बनाइरहेका छन्। यहाँ कांग्रेसले उनलाई पछ्याइरहेका छन् भने अन्य चारमा गठबन्धनका उम्मेदवार अगाडि छन्। देशका ६ महानगरपालिकामध्ये एक विराटनगरले मात्र जनप्रतिनिधि पाएको छ। विराटनगरमा महानगर प्रमुखमा कांग्रेसका नागेश कोइराला विजयी हुँदा उपप्रमुखमा एमाले उम्मेदवार शिल्पा कार्की विजयी भइन्र काठम
काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै लगेका छन् । पछिल्लो मत परिणाम अनुसार साहले १५७५ मतसहित अग्रता कायम राखेका छन् । उनलाई एमालेका मेयरका उम्मेदवार केशव स्थापितले ९८५ मतका साथ पछ्याइ रहेका छन् । यस्तै उपमेयरमा एमाले उम्मेदवार सुनिता डंगोलले मतान्तर ठूलो छ । उनले १७४३ मत पाएकी छिन् भने सत्ता गठबन्धनबाट एकीकृत […]
काठमाडौं : काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ। ६८० मत गणना गर्दा स्वतन्त्र उम्मेदवार शाहले एक २१६ मत ल्याएर अग्रता कायमै राखेका हुन्। यस्तै, एमाले उम्मेदवार केशव स्थापितले १७९ मत ल्याएका छन् पाँच दलीय गठबन्धनको साझा उम्मेदवार सिर्जना सिंहले १४१ मत ल्याएर पछ्याइरहेकी छन्। राष्ट्रियसभा गृहमा कडा सुरक्षाबीच मतगणना जारी छ।
काठमाडौं : काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ। पाँच सय २९ मत गन्दा स्वतन्त्र उम्मेदवार शाहले एक सय ७८ मत ल्याएर अग्रता कायमै राखेका हुन्। उनलाई पाँच दलीय गठबन्धनको साझा उम्मेदवार सिर्जना सिंजना सिंहले एक सय २० मत ल्याएर पछ्याइरहेकी छन्। यस्तै, एमाले उम्मेदवार केशव स्थापितले एक सय १० ल्याएका छन् भने राप्रपामा मदनदास श्रेष्ठले २३ प्राप्त गरेका छन्।