सरकारले १७ र २७ वैशाखमा गर्ने गरी घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनका लागि सबै सुरक्षा निकायले तयारी अघि बढाएका छन् ।निर्वाचनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीले तयारी तथा समन्वय समितिसमेत गठन गरिसकेका छन् भने नेपाली सेनाले सरकारले दिएको जिम्मेवारी निर्वाह गर्न तयार रहेको बताएको छ ।नेपाल प्रहरीले निर्वाचनका लागि १२ अर्ब रकम आवश्यक पर्ने भन्दै खर्च र निर्वाचन प्रयोजनका लागि आवश्यक सामग्रीको खाकासहितको विवरण गृह मन्त्रालयमा पठाइसकेको छ ।यसैगरी सशस्त्र प्रहरीले निर्वाचनका लागि आवश्यक पर्ने रकमसह