गाईघाट–दिक्तेल सडकखण्डमा ६ महिना आवागमन बन्द

उदयपुर । सगरमाथा लोकमार्गअन्तर्गत उदयपुरको गाईघाटदेखि पहाडी जिल्ला खोटाङको दिक्तेलसम्मको गाईघाट–दिक्तेल सडक खण्ड छ महिनाका लागि बन्द गरिएको छ । गत मङ्सिरमा सुनकोसी नदीमा जडान गरिएको अस्थायी बेलिबृज दुई दिन अघिमात्रै खोलिएपछि उक्त सडकखण्ड छ महिनाका लागि बन्द भएको हो ।

सम्बन्धित सामग्री

गाईघाट–दिक्तेल सडकखण्डमा ६ महिना आवागमन बन्द

सगरमाथा लोकमार्ग अन्तर्गत उदयपुरको गाईघाटदेखि पहाडी जिल्ला खोटाङको दिक्तेलसम्मको गाईघाट–दिक्तेल सडक खण्ड छ महिनाका लागि बन्द गरिएको छ । गत मङ्सिरमा सुनकोसी नदीमा जडान गरिएको अस्थायी बेलिब्रिज दुई दिन अघिमात्रै खोलिएपछि उक्त सडकखण्ड ६ महिनाका लागि बन्द भएको हो । सुनकोसी नदीमा पानीको बहाव बढेसँगै बेलिब्रिज खोलिएपछि अब छ महिनाका लागि पूर्वी तराई हुँदै गाईघाटदेखि खोटाङ सदरमुकाम दिक्तेलसम्मको सडक मार्गमा यातायात सेवा बन्द हुनपुगेको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुर बोक्सेले जनाएको छ

पाँच करोडको दैनिक व्यापार सुक्याे, पारि सुनसान वारि गुलजार

६ महिना अघिसम्म दैनिक पाँच करोडको कारोबार हुने गरेको सीमापारीको रुपैडिया बजार अहिले सुनसान छ । कोभिड १९ महामारीका कारण नेपाल भारत सीमानाबाट सर्वसाधारणको आवागमन बन्द गरिएपछि नेपाली ग्राहकहरुले भरिभराउ हुँदै आएको सो बजार अहिले सुनसान छ । त्यति मात्र होइन धेरैले घरमै तरकारी उतपादन समेत गर्न थाले । नेपाली उपभोक्ताको भरमा ६ महिनाअघिसम्म दैनिक पाँच करोडसम्म व्यापार हुन्थ्यो रुपैडियामा । तर कोरोनाका कारण जारी लकडाउन र सीमामा कडाइ गरिँदा वारिबाट नेपाली पारि जान छाडेपछि व्यापार शुन्य भएको व्यवसायीले बताएका छन् ।