आदेशको कार्यान्वयन : सावधानी अपनाउनुहोला, घरबाट बाहिर ननिस्कनुहोला

काठमाण्डौ - नेपालभर कोरोना भाइरस(कोभिड-१९)को सङ्क्रमण फैलने सम्भावनालाई ध्यानमा राखेर बुधबारखि अत्याश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन सरकारले दिएको आदेशको कार्यान्वयन देशभर प्रभावकारी देखिएको छ ।  बिहानैदेखि मानिसको आवतजावत रोकिएको छ भने  सर्वसाधारणको पूर्ण समर्थन देखिएको छ । सामाजिक सञ्जालमार्फत सर्वसा...

सम्बन्धित सामग्री

बेलायतमा नेपालीको घरबाट २ सय तोला सुन चोरी, लुटेराको निशानामा नेपालीहरु

बेलायत बसोवास गर्ने नेपालीका घरहरु दिनहुँजसो असुरक्षित बन्दै गएका छन् । विशेषगरि नेपाली तथा एसियालीमुलका मानिस बसोवास गर्ने ठाउंमा सुनका गरगहना लुटपाट हुने क्रम निरन्तर बढ्दै गएको छ । वर्षौंदेखि नेपालीका घरबाट सुनका गहनाहरु लुटिएका समाचार बाहिरिए पनि यसतर्फ सावधानी अपनाएको पाइँदैन । प्रायजसो विभिन्न अवसरमा गरिने नेपाली जमघटमा फेशन बनिसकेको गरगहनाको प्रतिस्पर्धाकै कारण नेपालीहरु […]

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

भारतको राजधानी दिल्लीमा अत्यधिक वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकालको घोषणा गरिएको छ । वायु प्रदूषण खतराको तहमा पुगेपछि दिल्ली सरकारले प्राथमिक विद्यालय बन्द गरेको छ । साना बालबालिकालाई घरबाट बाहिर ननिस्कन भनिएको छ । त्यस्तै प्राथमिक तहमाथिका विद्यालयमा विद्यार्थीका लागि बाहिरी गतिविधिहरू नगर्न र स्वास्थ्य सावधानी अपनाउन आग्रह गरिएको छ । कर्मचारीलाई घरैबाट काम गर्न सुविधा दिइएको छ । विश्वको सबैभन्दा प्रदूषित राजधानी दिल्लीको हावा स्वास्थ्यको लागि गम्भीर जोखिम छ । धुवाँका कारण हावा दूषित भएपछि नयाँदिल्ली र आसपासका क्षेत्...

गायिका आनीछोइङ डोल्मालाई कोरोना संक्रमण

गायिका आनीछोइङ डोल्मा कोरोना संक्रमित भएकी छन् । उनले आफु कोरोनाको चपेटामा परेको सामाजिक संजाल मार्फत जानकारी दिएकी हुन् । उनले आफु होम आइसोलेसनमा रहेको जानकारी दिँदै  सबैलाई सतर्कता रहन समेत अनुरोध गरेकी छन् ।‘कोरोनाले धेरैलाई संक्रमित गर्ने सम्भावना छ । त्यसैले सावधानी अपनाउनुहोला’ उनले अगाडि भनेकी छन् ‘ मास्क लगाउनुहोला, ह्याण्ड सेनिटाइजर बारम्बार प्रयोग गर्नुहोस् ।’ अनावश्यक अवस्थामा घरबाट बाहिर ननिस्किन समेत उनले सबैमा आग्रह गरेकी छन् ।

अभिनेत्री मिमी चक्रवर्ती कोरोना संक्रमित

अभिनेत्री तथा टीएमसी सांसद मिमी चक्रवर्ती कोरोना संक्रमित भएकी छन् । आफु कारोना संक्रमित भएको उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन् । ‘म निकै सावधानी अपनाइरहेकी थिए । तर पनि कोरोना संक्रमित भएकी छु’ उनले अगाडि लेखेकी छन् ‘पछिल्लो केही दिनयता म घरबाट बाहिर निस्किएकी छैन ।पब्लिकसँग  भेटेकी पनि छैन ।’ आफु डाक्टरको रेखदेख र होम आइसोलेशनमा रहेको समेत बताएकी खुलाएकी छन् । भनिन् ‘सुरक्षित रहन र माक्स लगाउन सबैलाई अनुरोध गर्दछु ।’बलिउडमा पछिल्लो समय थुप्

युरेनियम माथि खेलाँची, न्यूनतम् सावधानी अपनाइएन

बौद्धको एक घरबाट प्रहरीले दुई किलो पाँचसय ग्राम युरेनियम बरामद गरेको समाचार सार्वाजनिक भएसँगै यस विषयमा धेरैले चासो देखाए । यता नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) को प्रारम्भिक अनुसन्धानको प्रतिवेदन समेत वरामद वस्तुमा युरेनियम २३८ को केही गुण देखिएको जनाएको छ । युरेनियम जस्तो संवेदनशील र स्वास्थ्यका दृष्टिकोणले अति नै हानिकासर वस्तुलाई तर युरेनियम भए पनि यसलाई प्रहरीले बरामददेखि पत्रकार सम्मेलन गर्दा समेत न्यूनतम् सुरक्षा सावधानी अपनाइएन ।

‘तरकारी, फलफुल किन्दा र बेच्दा ख्याल गरौँ’

काठमाण्डौ - लकडाउन खुकुलो भएपछि कोरोनाको जोखिम झन् बढ्दै गएको छ । अबका दिन, हरेक मानिसले जुनसुकै क्षेत्रमा पनि सावधानी र सजगता अपनाउनुपर्ने देखिन्छ ।  अति आवश्यक काम नपरी घरबाट बाहिर निस्कनु हुँदैन । बाहिर निस्कनै परेमा मास्क लगाउने, भौतिक दूरीको ख्याल गर्ने, बेलाबेला साबुनपानीले हात धुने या स्यानिटाइजर लगाउने ग...

कार्यालय जाँदा यसरी कम गर्न सकिन्छ कोरोनाको जोखिम

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत बन्दाबन्दीका समयमा पनि नियमित कार्यस्थलमा खटिनुपर्ने व्यक्तिले सावधानी अपनाउँदा कोरोना भाइरस (कोभिड–१९) बाट बच्न सकिने देखिएको छ । घरबाट कार्यालय र कार्यालयबाट फिल्डमा जाँदा आवश्यक स्वास्थ्य सावधानी अपनाउँदा यो रोगको जोखिम असाध्यै कम हुने जनस्वास्थ्य विज्ञले बताएका छन् । मास्क, पञ्जा, चस्मालगायतको उचित प्रयोग गरेमा रोग लाग्ने सम्भावना कम गर्न सकिने जनस्वास्थ्य विज्ञ डा रवीन्द्र पाण्डेले बताउनुभयो । कार्यस्थलमा जानु पहिले राम्रोसँग मास्क र चस्मा लगाउन उहाँले सुझाव दिनुभयो । माक्स बाहिरबाट हावा नपस्नेगरी लगाउनुपर्छ । आँखाका माध्यमबाट पनि भाइरस सर्ने हुँदा आफूसँग भएकै आँखा ढाकिने चस्मा प्रयोग गर्न सकिन्छ । उहाँले भन्नुभयो, “कतिपय व्यक्तिले घाँटीमा त कतिले नाक नै नछोपिनेगरी लगाएको पाइन्छ, तर सुरक्षाका लागि यसको सही प्रयोग गर्न खाँचो छ ।”

क्वारेन्टाइनमा केकीको दिनचार्य: पुस्तक र चलचित्र बने सारथी

कोरोनाको त्रासका कारण नायिका केकी अधिकारी सेल्फ क्वारेन्टाइनमा बस्न थालेकी छिन् । शुक्रबारबाट उनी क्वारेन्टाइनमा बस्दै आएकी हुन् । उनी घरबाट बाहिर ननिस्किएको ४ दिन बितिसक्यो । कोरोनाबाट बच्ने आधार भनेको नै सर्तकता र सावधानी भएको …

सावधानी अपनाउनुहोला, घरबाट बाहिर ननिस्कनुहोला

नेपालभर कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावनालाई ध्यानमा राखी आजदेखि अत्याश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन सरकारले दिएको आदेशको कार्यान्वयन मुलुकभर प्रभावकारी देखिएको छ । बिहानैदेखि मानिसको आवतजावत रोकिएको छ भने सर्वसाधारणको पूर्ण समर्थन देखिएको छ । सामाजिक सञ्जालमार्फत सर्वसाधारणले सरकारको निर्णयको खुलेर प्रशंसा गरेका छन् । उनीहरुले आदेश कडाइका साथ पालना गराउनतर्फ सामाजिक सञ्जालबाट सुरक्षा निकायको ध्यानाकर्षणसमेत गराएका छन् । सुरक्षा निकाय पनि आदेशको पालना गराउन कडाइका साथ लागेको छ । आदेश कार्यान्वयनका लागि बिहानैदेखि प्रहरीको सक्रियता बाक्लिएको छ ।