भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–१४ स्थित बिहीबारे बजारमा आगलागी भएको छ । स्थानीय डम्बरबहादुर तामाङ र विपिन तामाङको घरमा आगलागी भएको प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कुमार खत्रीले जानकारी दिएका छन् । आगलागीका कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । आगलागीबाट दुवै घरका नौ वटा सटर जलेका छन् । दुई वर्षीय बालक पनि जलेर घाइते भएको […]