दाताबाटै उठ्यो पत्रकार कोभिड कोषमा ७ लाख

सिन्धुपाल्चोक : नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकले जिल्लामा क्रियाशिल सञ्चारकर्मीहरुका लागि स्थापना गरेको कोभिड–१९ पत्रकार राहात कोषमा सात लाख बढी रकम जम्मा भएको छ।कोषमा शनिबार सम्म विभिन्न सहयोगी दाताहरुबाट सात लाख २८ हजार दुई सय ४१ रुपैयाँ जम्मा भएको हो। कोषमा स्वदेश र विदेशमा रहेका विभिन्न व्यक्तिहरुले स्वस्फूर्त रुपमा सहयोग गरेको महासंघले जनाएको छ।यो अभियान अझैं केही दिन सम्म जारी रहने पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवनप्रसाद श्रेष्ठले जानकारी दिए। कोभिड महामारीको बीचमा