काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत ३० जिल्लामा नयाँ नेतृत्व चयन भएको छ । जसमा सभापति शेरबहादुर देउवा पक्षीय १७ र वरिष्ठ नेता रामचन्द्र पौडेल निकट १३ जिल्ला सभापति निर्वाचित भएका छन् । १३ औं महाधिवेशनमा पौडेल समूहले जितेका ८ जिल्लामा देउवा पक्षीय नेता सभापतिमा निर्वाचित भएका छन् । यस्तै १३ औं महाधिवेशनमा पौडेल समूहले १७ वटा जिल्ला सभापति जितेको थियो ।यो पटक १३ औंमा जितेका ५ वटा जिल्ला सभापति गुमाएको छ । विहीबार विहानसम्म आएको ३० जिल्लाको परिणाम अनुसार पौडेल पक्षले १३ जिल्ला सभापति जितेको छ