दैलेख : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पाँचपटक प्रधानमन्त्री हुँदा मुलुकका लागि के के काम गर्नुभयो भन्दै प्रश्न गरेका छन्। मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावी सभालाई सम्बोधन गर्न दैलेखको चामुण्डा आएका उनले देउवालाई पाँचपटक प्रधानमन्त्री हुँदा मुलुकको हितका लागि गरेको कुनै एक मात्र काम देखाउन चुनौती दिएका छन्। उनले अहिलेको गठबन्धन सरकारले जनताका लागि भन्दा पनि आफ्ना नजिकका कार्यकर्ता पोस्ने काम मात्र गरेको आरोप लगाए