ओलीलाई असफल पार्न देउवा–दाहाल सहमति

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिन असफल बनाउने समझदारी भएको छ । उनीहरूले ओली नेतृत्व सरकारको विकल्प खोज्ने सहमतिसहित त्यसका लागि प्रतिनिधिसभामा बहुमत जुटाउन आआफ्नो तर्फबाट प्रयास गर्ने भएका छन् । ओलीको पक्षमा बहुमत पनि नपुग्ने र अर्को सरकार गठनका लागि बहुमत नजुटे संवैधानिक प्रक्रियाअनुसार नै मुलुक निर्वाचनमा जानसक्ने विषयमा पनि उनीहरूबीच कुरा भएको स्रोतको दाबी छ । माओवादी केन्द्रका अध्यक्ष दाहाल

सम्बन्धित सामग्री

एमसीसी सम्झौतामा सहमति जुटाउन सर्वदलीय बैठक असफल, किन गएन एमाले ?

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित रहेको सर्वदलीय बैठक अमेरिकी सहायता निकाय मिलेनीअम च्यालेन्ज कर्पोरेशन सम्झौता एमसीसीबारे साझा धारणा तय गर्न असफल भएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार अपराह्ण बसेको बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने दलहरूलाई बोलाइएको थियो। एमसीसीबारे थप छलफल गर्ने निष्कर्षसहित बैठक समापन भएको सरकारका प्रवक्ता मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।'एमसीसीको बारेमा सबै दलहरूले आ-आफ्नो विचार राख्नुभएको छ। कसैले आशङ्काहरू पनि व्यक्त गर्नुभएको छ। ती सबैमा फेरि छलफल गरेर हामी चाँडै नै एउटा निष्कर्षमा पुग्छौँ,' बैठकपछि कार्कीले पत्रकारहरूसँग भने।बैठकले संसद् अवरोध हटाउन प्रमुख प्रतिपक्ष नेकपा एमालेसँग आग्रह गरेको छ।बैठकमा नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीले पनि एमसीसी संशोधनको माग गरेको सहभागी एक नेताले बताए। नेपाली कांग्रेसका नेताहरू रामचन्द्र पौडेल र रामशरण महत तथा सङ्घीय समाजवादीका बाबुराम भट्टराईले एमसीसी संसद्बाट पारित गर्नुपर्ने पक्षमा धारणा राखेका थिए।बैठकमा आफ्नो दलसहित राष्ट्रिय जनमोर्चा र राप्रपाले विरोधमा धारणा राखेको नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले जानकारी दिए।सर्वदलीय बैठकअघि एमसीसीबारे गठबन्धनको साझा धारणा बनाउन सरकारमा सहभागी दलहरूको छुट्टै बैठक बसेको थियो।सर्वदलीय बैठकमा किन गएन एमाले?सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले माग गरेकाले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीबारे धारणा बनाउन सर्वदलीय बैठक आह्वान गरेका थिए।तर प्रधानमन्त्रीले बोलाएको बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमाले सहभागी भएन। एमालेले बैठकमा हुने छलफलको विषयबारे जानकारी नभएको र औपचारिक निमन्त्रणा नआएका कारण बैठकमा सहभागी नभएको बताएको छ।'सर्वदलीय बैठक बोलाउँदा एजेन्डाबारे द्विपक्षीय छलफल हुने चलन छ। खालि हाम्रो अध्यक्षलाई फोन गरेर बैठक छ मात्रै भन्नुभयो,' एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले एमालेको अनुपस्थितिबारे भने।'बैठकअघि राष्ट्रिय एजेन्डाबारे छलफल नभएको, हामीलाई एजेन्डाबारे जानकारी पनि नभएको र बोलाए जस्तो मात्रै गरेको कारणले हामी नगएको हो।'एमसीसी राजनीतिक विषय कि आर्थिक?कतिपय राजनीतिक दलहरूले एमसीसी नेपालको हितमा नभएको भन्दै संसदबाट पारित नगर्न दबाब दिइरहेका छन्। भूतपूर्व मुख्यसचिव विमल कोइराला वैदेशिक सहायतामा दातृराष्ट्रको अलिअलि स्वार्थ भए पनि एमसीसी सम्झौता नेपालको हितमा भएको तर्क गर्छन्।सम्झौता आफैँमा विवादास्पद नभए पनि नेपालमा यो सम्झौता राजनीतिक विषय बनेकाले विवादित बनेको उनको बुझाइ छ।केही दल र समूहले एमसीसी सम्झौताको चर्को विरोध गर्ने गरेका छन्'यो विषय राजनीतिक थिएन आर्थिक थियो, कूटनीतिक थियो। तर यो राजनीतिक भयो, त्यसो हुँदा राजनीतिक मोलमोलाइका कुराहरू आइहाले नि,' कोइराला भन्छन्।उनको बुझाइमा तीनै तहका निर्वाचनहरू आउन लाग्दा प्रतिपक्ष दलहरूले यसलाई राजनीतिक मुद्दा बनाउन सक्ने जोखिमका कारण पनि सरकारमा रहेका दलहरू एमसीसी पारित गर्न अग्रसर भएका छैनन्।'हाम्रो जनमत राष्ट्रवादी नाराले प्रेरित हुने जनमत पनि छ,' कोइरालाले भने।के चाहन्छ अमेरिका?सन् २०१७ मा नेपाल र अमेरिकाबीच भएको झन्डै ६० अर्ब रुपैयाँ बराबरको आर्थिक अनुदान सम्झौता संसद्‌बाट पारित गराई लागु गर्न एमसीसी बोर्डले नेपाललाई ताकेता गरिरहेको छ।एमसीसीको सञ्चालक समितिको बैठकपछि गत साता जारी विज्ञप्तिमा नेपालले निकट भविष्यमा एमसीसी अनुमोदन गर्ने जनाएको उल्लेख छ।त्यसअघि नेपाल आएका एमसीसीका उपाध्यक्ष फातिमा जी सुमार र अमेरिकी सहायक विदेशमन्त्री डोनल्ड लूले प्रधानमन्त्री सहित प्रमुख राजनीतिक दलका नेताहरूसँगको भेटमा एमसीसी कार्यान्वयन गर्ने नेपालको प्रतिविद्धताबारे चासो राखेका थिए।चार वर्षअघि शेरबहादुर देउवा नेतृत्वको सरकारसँग भएको कम्प्याक्ट केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ साल असार ३० गते प्रतिनिधिसभामा दर्ता गराइएको थियो।तर एमसीसीका कतिपय सर्तबारे ओली नेतृत्वको तत्कालीन नेपाल कम्युनिस्ट पार्टीमा देखिएको मतभेदका कारण सम्झौता संसद्‌मा टेबल भएन।ओलीलाई विस्थापित गर्दै सत्तामा आएका प्रधानमन्त्री देउवाले सुरुदेखि नै एमसीसी सम्झौता अघि बढाउने पक्षमा रहेको बताउँदै आएका छन्।सरकारले नियमित समयभन्दा केही अघि बोलाएको संसद्‌को जारी हिउँदे अधिवेशनमा एमसीसी अघि बढाउने आकलन गरिए पनि सम्बन्धित मन्त्रीहरूले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन्।प्रतिनिधिसभाको बैठक आगामी मङ्गलवारका लागि तय गरिएको छ। माओवादीले एमसीसीमा समर्थन गर्ने वा नगर्ने विषयमा निर्णय लिइसकेको छैन।प्रमुख प्रतिपक्ष नेकपा एमालेले पनि एमसीसीको मतदानमा पक्ष, विपक्ष वा तटस्थ रहनेबारे धारणा सार्वजनिक गरेको छैन। तर एमालेका नेता भीम रावल एमसीसीको विपक्षमा देखिएका छन्।कांग्रेसभित्रैका कतिपय नेताहरूले अहिले भइरहेका विरोधलाई ध्यान दिँदै आगामी संसदीय निर्वाचनपछि मात्रै एमसीसीलाई प्रतिनिधिसभामा निर्णयार्थ प्रस्तुत गर्नुपर्ने मत राख्ने गरेको बुझिन्छ।के हो एमसीसी?एमसीसीकी उपाध्यक्ष फातिमा जी सुमारले नेपालमा नियोजित रूपमा उक्त अनुदान सम्झौताबारे भ्रम फिँजाइएको टिप्पणी गरेकी थिइन्यति धेरै चर्चित र विवादित बन्न पुगको एमसीसी आखिर के हो त?विकासशील देशहरूलाई खासगरी ठूला पूर्वाधार आयोजना निर्माण गर्न साझेदारी गर्ने लक्ष्य लिएको एमसीसी परियोजना सन् २००४ मा अमेरिकी संसद्‌ले स्थापना गरेको हो।'मिलेनीअम च्यालेन्ज कर्पोरेशन एउटा नौलो र स्वतन्त्र अमेरिकी वैदेशिक सहायता निकाय हो जसले विश्वव्यापी गरिबीविरुद्धको लडाइँको अगुवाइ गर्न सघाइरहेको छ,' एमसीसीको वेबसाइटमा उल्लेख छ।सन् २०१२ यता शृङ्खलाबद्ध छलफलपछि सन् २०१७ मा नेपाली कांग्रेसको सरकार हुँदा वाशिङ्टनमा दुई देशबीच एमसीसीमा सम्झौता भएको थियो।सन् २०१३ मा मन्त्रिपरिषद्को निर्णयमार्फत् एमसीसी कार्यान्वयन गर्ने निकायको रूपमा मिलेनीअम च्यालेन्ज अकाउन्ट नेपाल भन्ने निकाय गठन गरियो जसको सञ्चालक समितिको अध्यक्ष नेपाल सरकारको अर्थसचिव रहेका छन्।एमसीसी सम्झौता संसद्‌बाट अनुमोदन लगाएर लागु गरिने भनिँदै आएको छ।बिबिसीबाट साभार

एमालेको १०औं महाधिवेशनः जुटेन सहमति, अब निर्वाचनकै सहारा

सौराहा, चितवन । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास आइतबार दिनभर असफल भएको छ । आइतबार दिनभरि अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले आकांक्षीहरूसँग दिनभरि छलफल गरे पनि कुनै सहमति जुटन सकेन । शुक्रबार भएको बन्दसत्रले सर्वसम्मतमा पदाधिकारी र सदस्य चयनको प्रस्ताव गर्न अध्यक्ष मण्डलका अध्यक्ष ओलीलाई अधिकार दिएको थियो […] The post एमालेको १०औं महाधिवेशनः जुटेन सहमति, अब निर्वाचनकै सहारा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

एमाले अध्यक्षमा उम्मेदवारी दिने भीम रावलको घोषणा

५ मंसिर, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको आसन्न १०औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । यससँगै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निर्विरोध बनाउने प्रयास असफल हुने देखिएको छ । पछिल्लो समय ओली निकट मात्र होइन, १० बुँदे सहमति गरेर एमालेमा बसेकै कतिपय नेताहरुले समते ओलीको विकल्प नभएको बताएका थिए […]

ओलीलाई असफल पार्न देउवा–दाहाल सहमति

काठमाडौं, बैशाख २५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिन असफल बनाउने समझदारी भएको छ । उनीहरूले ओली नेतृत्व सरकारको विकल्प खोज्ने सहमतिसहित त्यसका लागि प्रतिनिधिसभामा बहुमत जुटाउन आआफ्नो तर्फबाट प्रयास गर्ने भएका छन् । ओलीको पक्षमा बहुमत पनि नपुग्ने र अर्को सरकार गठनका लागि […]

सभामुखसँगको भेटपछि प्रचण्डले देउवालाई भेटे, ओलीलाई असफल पार्ने सहमति

काठमडाौं, २४ बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । सुरुमा दाहालले सभामुख सापकोटासँग उनकै निवास लैनचौरमा भेटवार्ता गरेका हुन् । उनीहरुबीच के कुराकानी भएको हो भन्नेबारे खुलाईएको छैन् । सभामुख सापकोटालाई भेटेलगत्तै दाहाल कांग्रेस […]

प्रधानमन्त्री ओलीलाई असफल बनाउन प्रचण्ड, माधव र उपेन्द्र एक ढिक्का

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको बहिगर्मनका लागि एकजुट भएर अगाडि बढ्ने सहमति गरेका छन् ।हात्तिवनस्थित जसपा नेपालका अध्यक्ष यादवको निवासमा आज भएको छलफलमा प्रधानमन्त्री ओलीको विश्वासको मतलाई एकजुट भएर असफल पार्ने सहमत उनीहरु सहमत भएका छन् । जसपा नेपालबाट सहमतिले नै प्रधानमन्त्री ओलीको विश्वासको मतको विपक्षमा उभने सहमति नभए २० जनाभन्दा बढी सांसद त्यसको विरुद्धमा उभिने अध्यक्ष य

ओलीलाई प्रचण्डको प्रश्‍न : तपाईंको राजीनामा कसले माग्यो?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचको भेटवार्ता बिनानिष्कर्ष टुंगिएको छ। पार्टीको विवाद उत्कर्षमा पुगेपछि सहमति जुटाउने प्रयास फेरि असफल भएको हो। प्रधानमन्त्री ओलीको बुधबारको अभिव्यक्ति र प्रदेश १ का आफूनिकट नेताहरूसँगको भर्चुअल छलफलले नेकपाको विवाद थप चर्किए…