काठमाडौं। मेगा बैंकले आफ्ना ग्राहकलाई फोनबाट ऋण दिने सुविधा ल्याएको छ। बैंकले फोनबाटै ग्राहकलाई आवश्यक पर्ने रकम उपलब्ध गराउने भएको हो। यस सुविधामार्फत बैंकमा मासिक तलब खाता भएका कर्मचारीहरुले ३० दिनसम्मका लागि २ लाख रुपैयाँसम्म ऋण लिन पाउने छन्।
बागमती प्रदेश सभाको सोमबार बसेको बैठकबाट पाँचवटा अध्यादेश स्वीकृत भएका छन् ।
गत १८ पुसमा बसेको प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठकमा प्रस्तुत भएका अध्यादेशहरू सर्वसम्मत स्वीकृत भएका हुन् ।
बैठकमा मुख्यमन्त्री...
बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको राजीनामा स्वीकृत गरेका छन्। प्रदेश प्रमुख शर्माले नेपालको संविधानबमोजिम मुख्यमन्त्री पाण्डेको राजीनामा स्वीकृत गरेका हुन्।
पाण्डेको राजीनामा स्वीकृत भए पनि प्रदेशको अर्को सरकार...
काठमाडौँ,२७ जेठ । प्रतिनिधिसभाको बैठकले दुई विधेयकलाई स्वीकृत गरेको छ । आज बसेको बैठकले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक–२०७९’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक–२०७९’ लाई सर्वसम्मतले स्वीकृत गर्दै दफाबार छलफलका लागि समितिमा पठाइएको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्माले प्रतिनिधिसभामा ‘यौन हिंसाविरुद्धका केही ऐनलाई […]
काठमाडौँ । प्रतिनिधिसभाको बैठकले दुई विधेयकलाई स्वीकृत गरेको छ । आज बसेको बैठकले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक–२०७९’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक–२०७९’ लाई सर्वसम्मतले स्वीकृत गर्दै दफाबार छलफलका लागि समितिमा पठाइएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्माले प्रतिनिधिसभामा ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन […]
काठमाडौँ – मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गरेको छ। आइतबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७९/८० को बजेट स्वीकृत गरेको हो। मन्त्रिपरिषदले स्वीकृत गरेसँगै संघीय संसदमा बजेट प्रस्तुत गर्ने बाटो खुलेको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न आइतबार अपरान्ह ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठक डाकिएको छ। १५ जेठमा […]
काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट स्वीकृत गरेको छ । भर्खरै सकिएको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको आयव्यय स्वीकृत गरेको हो । योसँगै अब संसदमा बजेट प्रस्तुत गर्ने बाटो खुलेको छ । आज अपराह्न ४ बजे सुरु हुने प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्ने छन् ।
काठमाडौं : लगानी बोर्डले जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत गरेको छ। शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसहित बसेको बोर्डको ४८ औं बैठकले जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत गरेको हो।बोर्डको बैठकपछि निर्णय सुनाउँदै लगानी बोर्डका सह–प्रवक्ता रमेश अधिकारीले जुम खोलाको ५६ मेगावाट क्षमताको करिव १० अर्बको लगानी स्वीकृत गरेको र अरुण तेस्रो जलविद्युत आयोजनाको ६२ अर्बको पुँजिवृद्धि स्वीकृत गरेको बताए।उनले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको एप्से इन्सटेक्सनको सम्बन्धमा अध्ययन
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘विनियोजन विधेयक, २०७८’ स्वीकृत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८’ माथि विचार गरियोस् भनी राखेको प्रस्तावलाई बैठकले स्वीकृत गरेको हो । बैठक चलिरहँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले अवरोध कायमै राखेका थिए । उक्त प्रस्तावलाई स्वीकृत गर्नुपूर्व बैठकमा विधेयकउपर सैद्धान्तिक छलफल भई उठेका प्रश्नको अर्थमन्त्री शर्माले […]
प्रतिनिधिसभा बैठकले बजेटसम्बन्धी तीन अध्यादेश स्वीकृत गरेको छ । पूर्ववर्ती सरकारका पालामा जारी गरिएका आर्थिक अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश र विनियोजन अध्यादेश प्रतिपक्षी अवरोधका बीच संसदमा बहुमतले स्वीकृत गरेको हो । प्रतिपक्षी नेकपा (एमाले) का सांसदहरूले गरिरहेको अवरोधबीच अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले तीनवटै अध्यादेश स्वीकृति निम्ति पेश गरेका थिए । तीनवटै अध्यादेश बहुमतबाट स्वीकृत भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरे । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले दुई विधेयक स्वीकृत गरेको छ । बैठकले ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७’ र ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७’ लाई सर्वसम्मतिले स्वीकृत गरेको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अभिलेख विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा […]