मुगु र हुल्लामा डिजेल जेनेरेटरमार्फत विद्युत आपूर्ति

गत असोजको अन्तिम सातामा आएको भारी वर्षाका कारण साना जलविद्युतगृहहरुमा ठूलो क्षति पुर्याएपछि नेपाल विद्युत प्राधिकरणले मुगु र हुल्लामा वैकल्पिक व्यवस्था गरी तत्कालका लागि विद्युत आपूर्तिको व्यवस्था गरेको छ ।पहिरो क्षति पुर्याएका विद्युतगृहहरुरु पुननिर्माण तथा मर्मत नगरी त्यस क्षेत्रमा विद्युत उपलब्ध नहुने अवस्था आएपछि प्राधिकरणले तत्कालका लागि डिजेल जेनेरेटरमार्फत विद्युत उत्पादन गरी मुगु र हुल्लामा आपूर्ति गर्ने छ । यसका लागि प्राधिकरणले जेनेरेटरको व्यवस्था ती जिल्लाहरुमा पुर्याइसकेको छ ।गत असोज १९–२५ गतेसम्मको भारी वर्षासँगै आएको बाढीपहिरोले  मुगुस्थित ४०० किलोवाटको गमगाढ र हुम्लास्थित ५०० किलोवाटको हेल्दुङ साना जलविद्युतगृहको नहरमा ठूलो क्षति पुर्याएको छ ।नहरमा क्षति पुगी विद्युत उत्पादन बन्द भएपछि मुगु र हुल्ला जिल्ला विद्युतबिहीन भएका थिए । भौगोलिक कठिनाइ तथा विकटताले गर्दा दुई जिल्लामा राष्ट्रिय प्रसारण लाइनको विद्युत पुगेको छैन ।   क्षति पुगेका विद्युतगृहरुका संरचनाको पुनर्निर्माण भइरहेको छ ।प्राधिकरणले गमगढी र आसपासका क्षेत्रमा विद्युत आपूर्तिका लागि कालिकोटमा रहेको ३०० केभीए क्षमताको जेनेरेटर मुगुमा लगेको छ । हुल्लाको सिमिकोट र आसपासका क्षेत्रमा विद्युत आपूर्तिका लागि १२५ र १०० केभिएका जेनेरेटरहरुको व्यवस्था गरिएको छ । प्राधिकरणका मुगुमा तीन हजार एक सय र हुल्लामा दुई हजार तीन सय ग्राहकहरु छन् ।जेनेरेटहरु कुलेखानी विद्युत गृह र नयाँ बुटवल सबस्टेसनबाट सिमिकोट लगिएका हुन् । प्राधिकरणले ती जेनेरेटहरु सडकबाट ढुवानी गरी मुगुको गमगढीसम्म लगेको थियो । राष्ट्रिय सडकले अहिलेसम्म नजोडिएको हुम्लामा गमगढीबाट जेनेरेटर र त्यसका लागि आवश्यक पर्ने डिजेल हेलिकोप्टरमार्फत ढुवानी गरी सिमिकोट पुर्याइएको छ ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, कर्णाली प्रादेशिक कार्यालयका प्रमुख शम्भु कुसियत यादवसम्मिलित टोली बुधबार जेनेरेटर लिएर सिमिकोट पुगेको थियो ।प्राधिकरण र हुल्लाका प्रमुख जिल्ला अधिकारी सीता परियार नेतृत्वको टोलीले पहिरोले क्षति पुर्याएको हेल्दुङ विद्युतगृहको संरचनाहरु र त्यहाँ भइरहेको पुनर्निर्माणको स्थलगत निरीक्षण गरेको थियो । टोलीले एक महिनाभित्रमा पुनर्निमाणको काम सम्पन्न गर्न निर्माण व्यवसायीलगायतलाई निर्देशन दिएको छ ।कार्यकारी निर्देशक घिसिङले साना विद्युतगृहको पुनर्निर्माण भइरहेको र यसका लागि अझै कम्तिमा एक महिना लाग्ने देखिएकोले यस अवधिमा त्यस क्षेत्रको विद्युतविहीनताको अवस्थाप्रति संवेदनशील भई तत्कालका लागि हेलिकोप्टरमार्फत जेनेरेटर र डिजेल ढुवानी गरी वैकल्पिक रुपमा विद्युत आपूर्तिको व्यवस्था गरिएको बताए ।‘जेनेरेटरमार्फत विद्युत उत्पादन गर्दा लागत प्रति युनिट ८० रुपैयाँभन्दा बढी पर्छ, तर यहाँका अधिकांश ग्राहकबाट न्यूनतम ३० रुपैयाँ मात्र उठ्छ, यहाँ खपत हुने विद्युतको आम्दानीभन्दा लागत दोब्बरभन्दा महंगो छ, तर सबैको घरमा उज्यालो पुर्याउने राज्यको दायित्व भएकोले नाफा नोक्सान नहेरी विद्युतलाई आधारभूत आवश्यकताको वस्तुको रुपमा लिएर हेलिकोप्टरमार्फत सामान ढुवानी गरेरै भएपनि आपूर्तिको व्यवस्था गरेका छौं’, घिसिङले भने । ‘क्षति पुगेका विद्युतगृहहरुको जतिसक्दो छिट्टो पुनर्निर्माण तथा मर्मत गर्ने छौं, तर त्यस स्थानको भौगोलिक अवस्थिति र बनावट हेर्दा त्यो पनि दीर्घकालीन हुने जस्तो देखिएको छैन, तसर्थ सौर्य ऊर्जा केन्द्रको स्थापना गर्ने र दुई वर्षभित्रमा कर्णाली प्रदेशका सबै जिल्लामा राष्ट्रिय प्रसारण लाइन लाइन पुर्याउने गरी काम गरिरहेका छौं ।’हुम्लाकी प्रमुख जिल्ला अधिकारी परियारले स्थानीय सरकारी कार्यालय तथा प्राधिकरणबाट रकम जोहो गरिएको र जनश्रमदानमार्फतसमेत  पहिरोले क्षति पुर्याएको विद्युतगृहको नहरको पुनर्निर्माण भइरहेको बताईन्। ‘पुनर्निर्माणमार्फत विद्युतगृह तत्कालका लागि सञ्चालनमा ल्याएपनि त्यो क्षेत्र विपद् जोखिमयुक्त भएकोले दीर्घकालीन हुँदैन, त्यसैले विद्युत आपूर्तिको स्थायी विकल्प खोजी गरी तत्काल काम सुरु गर्नु पर्छ’, उनले भनिन् ।मुगुका प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले गमगाढ विद्युतगृहको पुनर्निर्माण जतिसक्दो छिट्टो सम्पन्न गरी विद्युत आपूर्तिको व्यवस्था गर्न आग्रह गरे। उनले पुनर्निर्माणका लागि आवश्यक सहजीकरण गरिदिन आफू तयार रहेको प्रतिबद्धता जनाए ।‘कर्णालीको विद्युतीकरण उच्च प्राथमिकतामा’नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्णाली प्रदेशमा पर्ने जिल्लाहरुको विद्युतीकरणलाई उच्च प्राथमिकतामा राखी काम भइरहेको बताए । ‘कालिकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा कम्तीमा पनि २÷२ मेगावाटका सौर्य ऊर्जा प्लान्ट राख्ने, एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) र युरोपेली लगानी बैक (इआइबी)बाट करिब २२ करोड अमेरिकी डलर (करिब २८ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण लिएर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा विद्युतीकरण गर्न, सरकारको लगानी र प्राधिकरणले आफूले कमाएको नाफाबाट केही अंश छुट्याएर यस क्षेत्रमा विद्युतको पहुुँच विस्तारमा खर्च भइरहेको छ’, कार्यकारी निर्देशक घिसिङले भने ।उनले भने ‘दुई वर्षभित्रमा कर्णाली प्रदेशका जिल्लाहरुको विद्युतीकरण सम्पन्न गर्ने लक्ष्य राखी टेण्डरको प्रक्रिया अगाडि बढाइसकेका छौं, एसियाली विकास बैकको अनुदानमा सौर्य ऊर्जा केन्द्र स्थापना गर्न पनि छलफल भइरहेको र यसबारे छिट्टै निर्णय हुने छ ।’प्राधिकरणले कर्णाली प्रदेशका सुर्खेत, दैलेख, सल्यान, रुकुम पश्चिम, जाजरकोट, कालिकोट र जुल्लामा राष्ट्रिय प्रसारण प्रणालीमार्फत (ग्रिड) र हुम्ला, मुगु र डोल्पामा लघु जलविद्युत् मार्फत विद्युत् आपूर्ति गरिरहेको छ । मुगुमा यस वर्षभित्रै राष्ट्रिय प्रसारण लाइन पुग्ने छ । कर्णाली प्रदेशमा ५६.७९ प्रतिशत विद्युतीकरण भएको छ ।

सम्बन्धित सामग्री

चाबहिल-बौद्ध क्षेत्रमा चार घण्टा विद्युत आपूर्ति बन्द हुँदै

नेपाल विद्युत प्राधिकरणले चाबहिलदेखि बौद्धसहितका केही क्षेत्रमा चार घण्टा विद्युत आपूर्ति बन्द हुने जनाएको छ।...

सिमकोटमा ४६ दिनपछि विद्युत आपूर्ति सुचारु

सिमकोट – हिल्दुम साना जलविद्युत आयोजनाको विद्युत आपूर्ति ४६ दिनपछि सुचारु भएको छ। पहिरोले क्षति पुर्‍याएको नहरको मर्मत सकिएपछि विद्युत आपूर्ति  सुचारु भएको हो। हल्दुम विद्युत वितरण केन्द्रका निमित्त प्रमुख सुशील कुमार थारुले आपूर्ति बन्द भएको डेढ महिनापछि विद्युत सेवा सुचारु भएको जानकारी दिए। वितरण केन्द्रको ट्यांकी र ओभरफ्लो नजिकै नहरमा पहिरोले क्षति पुर्‍याएपछि गत […]

गुल्मीका यी स्थानमा शुक्रबार विद्युत आपूर्ति बन्द हुने

गुल्मी – गुल्मीका विभिन्न स्थानमा भोलि (शुक्रबार) विद्युत आपूर्ति बन्द हुने भएको छ। बिहीबार नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रले सूचना जारी गर्दै विद्युत आपूर्ति बन्द हुने जनाएको हो। नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्र तम्घासका अनुसार रिडीदेखि बिरवाससम्म ३३ केभी लाइनको नजिक पर्न गएका रुखका हाँगाबिगा काट्ने कार्य गर्ने भएकोले बिहान ८ बजेदेखि साँझ […]

रसुवामा विद्युत आपूर्ति बन्द

रसुवा – ६६ केभी प्रसारण लाइनमा समस्या आएपछि रसुवामा विद्युत आपूर्ति ठप्प भएको छ। जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५, स्थित ठूलोभार्खुमा रहेको १४ नम्बर टावरमा समस्या आएपछि जिल्लामा मंगलबार रातिदेखि विद्युत् आपूर्ति बन्द भएको नेपाल विद्युत प्राधिकरण धुन्चे वितरण केन्द्रले जनाएको छ। विद्युत आपूर्तिमा समस्या आएपछि काठमाडौँ ग्रीड महाशाखाबाट मर्मत टोली आउन लागेको केन्द्रका प्रशासन प्रमुख एवं […]

लमजुङमा तीन दिन विद्युत आपूर्ति बन्द

लमजुङ । लमजुङमा तीन दिन विद्युत आपूर्ति बन्द हुने भएको छ । आज आइतबारबाट मंगलबारसम्म हरेक दिन बिहान ७ बजेबाट दिउँसो ४ बजेसम्म विद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रले जनाएको छ । तीन दिन बिहान ७ बजेबाट दिउँसो ४ बजेसम्म ११ केभी बेंसीशहर फिडर सटडाउन गर्ने केन्द्र प्रमुख यमकुमारी गुरुङले जानकारी […]

३६ घण्टापछि भरतपुर क्षेत्रमा विद्युत आपूर्ति सुरु

चितवनको भरतपुर क्षेत्रमा ३६ घण्टापछि विद्युत आपूर्ति सुरु भएको छ । सबस्टेसनमा समस्या आउँदा भरतपुर क्षेत्रमा मंगलबार दिउँसोदेखि विद्युत आपूर्ति बन्द रहेको थियो । प्राधिकरणको भरतपुर वितरण तथा ग्राहक सेवा केन्द्र अन्तर्गत भरतपुर महानगरपालिकाको १ देखि १३ तथा २९ नम्बर वडा र तनहुँको देवघाट क्षेत्रमा विद्युत आपूर्ति बन्द भएकोमा आज बिहान १ बजेदेखि विद्युत आपूति सुरु भएको विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालका ट्रान्सफर्

सबस्टेसनमा समस्या आउँदा भरतपुर क्षेत्रमा विद्युत आपूर्ति बन्द

चितवनको भरतपुर महानगरपालिकास्थिति १३२÷११ बसेनी ग्रिड सबस्टेसनको पावर ट्रान्सफर्मरहरुमा समस्या आएको छ । सबस्टेसनमा समस्या आएपछि त्यहाँबाट विद्युत आपूर्ति भएको क्षेत्रमा मंगलबार दिउसोबाट विद्युत आपूर्ति बन्द भएको छ ।प्राधिकरणको भरतपुर वितरण तथा ग्राहक सेवा केन्द्र अन्तर्गत भरतपुर महानगरपालिकाको १ देखि १३ तथा २९ नम्बर वडा र तनहुँको देवघाट क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको हो । प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले ट्रान्सफर्मर वदली भइरहेको र छिट

३८ घण्टापछि पूर्वमा विद्युत आपूर्ति सुचारु

पूर्वमा ठूलो बाढी आउँदा विद्युत आपूर्ति बन्द हुँदै आएकोमा मंगलबार रातिदेखि अवरुद्ध विद्युत ३८ घण्टापछि सुचारु भएको छ।...

सदरमुकामसहित हुम्लाका दुई गाउँपालिकामा एक हप्ताका लागि विद्युत आपूर्ति बन्द

सिमकोट– सदरमुकाम सिमकोट लगायत दुई वटा गाउँपालिकामा विद्युत सेवा आपूर्ति गर्दै आएको हिल्दुम विद्युत वितरण केन्द्रले एक हप्ताका लागि विद्युत आपूर्ति बन्द गरेको छ। केही दिन अगाडि पहिरोले बगाएको ओभरफ्लो पाइपको मर्मत गर्नका लागि विद्युत आपूर्ति बन्द गरिएको हो। पहिरोले बगाएको नहर नजिकको ओभर फ्लोको पाइपलाइन मर्मत कार्य सुरु गर्नु पर्ने भएपछि सम्पूर्ण विद्युत आपूर्ति […]

शनिबार यी जिल्लामा विद्युत आपूर्ति बन्द हुने

काठमाडौं : गण्डकी प्रदेशका कास्की,पर्वत,बाग्लुङ,म्याग्दी र मुस्ताङ जिल्लामा शनिबार विद्युत आपूर्ति बन्द हुने भएको छ। सबस्टेसन कार्यका लागि बिहान १० बजेदेखि दिउँसो दुई बजेसम्म विद्युत आपूर्ति बन्द गरिने नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ।प्राधिकरणका अनुसार पोखरा ग्रिड शाखा अन्तर्गत लेखनाथ सबस्टेसनमा एक सय ३२ केभी कार्यका लागि आपूर्ति बन्द गर्न लागिएको हो। निर्धारित समय भन्दा अगावै कार्य सकिएमा पुन: विद्युत सेवा सुचारु गर्ने प्राधिकरणले जनाएको छ।