काठमाडौं : गण्डकी प्रदेशका कास्की,पर्वत,बाग्लुङ,म्याग्दी र मुस्ताङ जिल्लामा शनिबार विद्युत आपूर्ति बन्द हुने भएको छ। सबस्टेसन कार्यका लागि बिहान १० बजेदेखि दिउँसो दुई बजेसम्म विद्युत आपूर्ति बन्द गरिने नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ।प्राधिकरणका अनुसार पोखरा ग्रिड शाखा अन्तर्गत लेखनाथ सबस्टेसनमा एक सय ३२ केभी कार्यका लागि आपूर्ति बन्द गर्न लागिएको हो। निर्धारित समय भन्दा अगावै कार्य सकिएमा पुन: विद्युत सेवा सुचारु गर्ने प्राधिकरणले जनाएको छ।