रेल सञ्चालनका लागि लोसपा नेपालले प्रदेश सरकारलाई बुझायो ज्ञापन पत्र

सीताराम विवाह पञ्चमी महोत्सव अगावै रेल सेवा सञ्चालनको माग गर्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रदेश २ सरकारलाई ज्ञापनपत्र बुझाएको छ । मंगलबार लोसपा नेपालले जनकपुरधाम–जयनगर रेल्वे सेवा तत्काल सञ्चालन गर्नुपर्ने मागसहित प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्र र मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाएको हो ।ज्ञापनपत्रमा भनिएको छ, ‘जनकपुर रेल्वेले यस धार्मिक आयोजनामा आस्थावान भक्तजन तीर्थालुहरुको यात्रामा अहम् भूमिका निर्वाह गर्दै आएको थियो र आगामी दिनमा समेत महत्वपूर्ण योग

सम्बन्धित सामग्री

भूकम्पबाट सुरक्षाको माग गर्दै सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ज्ञापन पत्र

१९ फागुन, धनगढी । सुदूरपश्चिममा भुकम्पीय जोखिमलाई ध्यानमा राखेर सुरक्षाको माग गर्दै युवाको एक समूहले मुख्यमन्त्री कमलबहादुर शाहलाई ज्ञापन पत्र बुझाएको छ । शुक्रबार धनगढीस्थित मुख्यमन्त्री शाहको निवासमै पुगेर डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका सागर ढकालले पश्चिम नेपालमा भूकम्प जाने जोखिम भएका कारण सम्भावित जोखिमलाई ध्यानमा राखेर पूर्व तयारी थाल्न प्रदेश सरकारलाई आग्रह गरेका हुन् […]

प्रहरी समायोजन टुंग्याउन मधेस प्रदेशको प्रदेश प्रमुखलाई ज्ञापन पत्र

काठमाडौँ – मधेस प्रदेश सरकारले आगामी निर्वाचनअगावै प्रहरी समायोजन टुंग्याउन माग गर्दै प्रदेश प्रमुखलाई ज्ञापन पत्र बुझाएको छ। मधेस प्रदेशको गृह तथा सञ्चारमन्त्री भरत साहको नेतृत्वमा प्रदेश सरकारको टोलीले प्रदेश प्रमुख हरिशंकर मिश्रलाई ज्ञापन पत्र बुझाएको हो। प्रदेश सरकारलाई प्रहरी हस्तान्तरण गर्नुपर्ने मागसहित ज्ञापन पत्र बुझाउनका लागि मन्त्री साहसहित मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज […]

बालश्रम अन्त्य गर्न मुख्यमन्त्रीलाई ७ बुँदे ज्ञापन पत्र

सुर्खेत – बालश्रम अन्त्य र विशेष पहलकदमीका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई ७ बुँदे ज्ञापन पत्र बुझाइएको छ। एनसिपिए,स्वतन्त्रता अभियान र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले आइतवार मुख्यमन्त्री शाहीलाई ज्ञापनपत्र बुझाएका हुन्। बलश्रम अन्त्य र विशेष पहलकदमीका लागि प्रदेश सरकार सकरात्मक भएको कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले बताए। ‘हामी बालबालिकाको क्षेत्रमा काम गरिनै […]

महिला अधिकार सुनिश्चित गर्नुपर्ने मागसहित प्रदेश मन्त्रीलाई ज्ञापनपत्र

महिला अधिकारका सवालमा काम गर्दै आएका सामाजिक सङ्घसंस्थाले महिलाका अधिकार सुनिश्चित गर्नुपर्ने माग सहित ज्ञापन पत्र बुझाएका छन् । बुधवार प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीलाई मन्त्रालयमा ज्ञापन पत्र बुझाउँदै पीडितलाई न्याय र पीडकलाई कारबाहीको माग गरेका गरेका हुन् । विद्यालयमै महिलाहरू असुरक्षित रहेको कुरा उल्लेख गर्दै समतामूलक समाज निर्माण गर्न माग गरेका छन् । समाजमा रहेको असमान शक्तिको सम्बन्धमा परिवर्तन गर्नका लागि सरकारको भूमिका महत्त्वपूर्ण हुनुपर्ने भएकाले हिंसा न्

शिक्षकहरूले बुझाए मुख्यमन्त्रीलाई ज्ञापन पत्र

प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन १ नम्बर प्रदेश समितिले आज विभिन्न माग राखी प्रदेश नं.१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ज्ञापन पत्र बुझाएको छ । संगठनका प्रदेश अध्यक्ष कमलप्रसाद तिम्सिना, केन्द्रीय उपाध्यक्ष तथा प्रदेश इञ्चार्ज हिक्मतबहादुर बस्नेतसहितको टोलीले १३ सूत्रीय माग राखी ज्ञापन पत्र बुझाएको हो ।ज्ञापन पत्रमा प्रदेश नं. १ को शिक्षा ऐनसँगै नियमावली तुरुन्त जारी गर्नुपर्ने माग गरिएको छ । विद्यालयमा पढ्ने बालबालिकालाई खोपको सुनिश्चितता गर्नुपर्ने र स्वास्थ्यको मापदण्ड अपनाइ विद्य

औद्योगिक पार्क पीडित सङ्घर्ष समितिद्वारा प्रदेश सरकारलाई ज्ञापन पत्र

दमक, १७ पुस: नेपाल–चीन औद्योगिकमैत्री पार्क जग्गाको मुआब्जा वितरण उचित नभएको भन्दै गठित संर्घष समितिले प्रदेश नं १ सरकारलाई ज्ञापनपत्र बुझाएको छ । दमक औद्योगिक पार्क संघर्ष समितिले जग्गाको मुआब्जाको निर्धारणमा वैज्ञानिकता नभएको जिकीर गर्दे आफ्नो मागको सम्बोधनमा दबाब पु¥याउन प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र राईलाई ज्ञापनपत्र बुझाएको हो । मुख्यमन्त्री कार्यालय विराटनगर पुगेर संर्घष समितिले […]

नाकामा आवतजावत सहजीकरण गर्न माग गर्दै ज्ञापन पत्र

रुपन्देहीको कालीदह ककरहवा नाका सहित जिल्लाका सबै नाकाहरूमा आवतजावतमा सहजीकरण गर्न गृह मन्त्रालयको ध्यानाकर्षण गरेको स्थानीयहरूले गराएका छन् । आइतबार लुम्बिनीका नागरिक समाजले रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई ज्ञापन पत्र हस्तान्तरण गर्दै प्रशासन कार्यालय मार्फत गृह मन्त्रालयलाई पत्र पठाएको अक्रम खानले बताए ।उनले पछिल्लो समय समाजले प्रदेश सरकार देखी केन्द्र सरकारलाई नाका खुलाउन दवाव दिन सुरु गरेको बताए ।  छिटो भन्दा छिटो सीमा नाका सञ्चालन नगरे सबै व्यवसा

अविलम्ब बैठक बोलाउन माग गर्दै प्रचण्ड-नेपाल पक्षका सांसदले बुझाए ज्ञापन पत्र

प्रदेश सभाको बैठक अविलम्ब बोलाउन माग गर्दै नेकपा प्रचण्ड-नेपाल समूहका सांसदहरूले बाग्मती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका छन् । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेको अवस्थामा संसद् बैठक सूचना टाँसेर स्थगित गरिएपछि प्रचण्ड-नेपाल पक्षका सांसदहरूले ज्ञापन पत्र बुझाएका हुन् । सांसद अष्टलक्ष्मी शाक्यको हस्ताक्षर रहेको पत्रमा बैठक स्थगित गर्ने गरी बुधवार जारी सूचना सच्याइ अविलम्ब प्रदेश सभाको बैठक बोलाएर अविश्वासको प्रस्तावलाई छिटोभन्दा छिटो टुंग्याउँदा माग गरिएको छ । प्रचण्ड-नेपा...