अमेरिकामा क्रिश्चियन समुदायले सन् २०७० सम्ममा देशको बहुमत गुमाउने प्रतिष्ठित ‘प्यु रिसर्च सेन्टर’ले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । आगामी ५० वर्षमा अमेरिकाको धार्मिक परिदृश्य कसरी बदलिनेछ भन्ने प्रक्षेपणका क्रममा सेन्टरले केही प्रश्नलाई केन्द्रमा राखेका थियो । जुन यस्ता थिए : ‘क्रिश्चियनहरुले अहिलेकै दरमा तिनका धर्म छाडिरहे भने के हुनेछ ? धर्म परिवर्तनको दर बढिरह्यो भने ? धर्म परिवर्तन रोकियो भने पनि बसाईसराई, जन्म तथा मृत्युको दर अहिलेकै दरमा जारी रहँदा के हु