सर्वोच्चको निर्णय मान्नुको विकल्प छैन : जसपा नेता कर्ण

८ असार, काठमाडौं । सर्वोच्च अदालतको आदेशबाट पदमुक्त भएका मन्त्री लक्ष्मणलाल कर्णले सर्वोच्च अदालतको आदेश मान्नुको विकल्प नभएको बताएका छन् । मंगलबार सर्वोच्च अदालतले संसद विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद विस्तार बदर गरेपछि अनलाइनखबरसँग कुरा गर्दै जसपा नेता कर्णले अदालतको आदेश स्वीकार्नुको विकल्प नभएको बताए । सर्वोच्च अदालतको आदेशपछि प्रधानमन्त्रीले उपप्रधानमन्त्री, मन्त्री र […]

सम्बन्धित सामग्री

बाबुराम माओवादीमा फर्किनुको विकल्प छैनः शिक्षामन्त्री पौडेल

नेकपा माओवादी केन्द्रका नेता एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जसपा नेता डा बाबुराम भट्टराई माओवादी  फर्किनुको विकल्प नरहेको बताएका छन् । पार्टी केन्द्रीय समिति बैठक सकिएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पौडेलले माओवादी छोडेर बाबुराम बाहिर जाँदा कुनै भलो नभएको टिप्पणी गरे ।‘बाबुरामजी माओवादी फर्किनुको विकल्प देख्दिन । उहाँ माओवादीको सिनियर नेतामध्येमा एक हुनुहुन्थ्यो । जनयुद्ध जनआन्दोलनमा माओवादीले उठाएको एजेण्डाहरु प्रत्यक्ष सहभागी भएको हुनाले यो भन्दा बाहि

अदालतको फैसला कल्पना बाहिरको–जसपा नेता कर्ण

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)का कार्यकारणी सदस्य लक्ष्मणलाल कर्णले संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई कल्पना बाहिरको फैसला भनेका छन्। देखापढीलाई संक्षिप्त प्रतिक्रिया दिँदै कर्णले फैसला अप्रत्याशित भएपनि मान्नुको विकल्प नभएको बताए। अदालतलाई प्रधानमन्त्री नियुक्ति गर्ने अधिकार नभएको उनको प्रतिक्रिया थियो। जसपामा अध्यक्ष महन्थ ठाकुर समूहमा रहेका कर्णले कल्पना बाहिरको भनेपनि जसपाका अन्य नेताहरुले भने सर्वोच्चको फैसलालाई स्वागत गरेका छन्।