जुम्ला : जुम्लामा सुरक्षा निकायले निर्वाचन सुरक्षाका लागि तीव्र तयारी गरेकाे छ।निर्वाचन सुरक्षाका लागि जिल्ला सुरक्षा समितिले भौतिक रुपमा अनुगमन देखि डिजिटल अनुगमन समेत गर्न थालेको हो।प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईंले निर्वाचन सुरक्षाका लागि डिजिटल नक्सा समेत तयार गरिएको बताईन्।उनले डिजिटल माध्यमबाटै भौगोलिक बिषय र सुरक्षाको दृष्टिमा कति नजिक र टाढा तथा कसरी सुरक्षा व्यवस्था गर्न सकिन्छ भन्ने बिषयमा जिल्ला सुरक्षा समितिले डिजिटल नक्सा समेत तयार पारेको बताइन्।यही वैशाख ३० गते