सुर्खेत : प्रधानमन्त्री रोजगार कार्यक्रमको नक्कल गर्दै प्रदेश सरकारले ल्याएको मुख्यमन्त्री रोजगार कार्यक्रम उपलब्धिविहीन बनेको छ। बजेट सक्ने बाहेक अरु केही उपलब्धी देखिएको छैन।
कार्यक्रमअन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पहिलो चरणमा झण्डै ४८ करोड २६ लाख रुपैयाँ र दोस्रो चरणमा २९ करोड ९९ लाख बढी रकम स्थानीय गाउँ तथा