न्याय खोज्दै पैदल काठमाडौँ आएको टोली धर्नास्थलबाटै पक्राउ

काठमाडौँ । घरेलु हिंसाका कारण ज्यान गुमाएका बाँकेका दुई महिलालाई न्याय माग्दै नेपालगन्जबाट पैदल काठमाडौँ आइपुगेको टोलीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको पीडा सुन्नुको सट्टा माइतीघरको धर्ना स्थलबाटै पक्राउ गरिएको हो । माइतीघर मण्डलमा धर्ना दिइरहेका १४ जनाको टोलीलाई गए राति प्रहरीले पक्राउ गरेको हो । खाना खाइरहेका र सुतिरहेका धर्नाकारीहरुलाई प्रहरीले जबरजस्ती उठाएर […]

सम्बन्धित सामग्री

निहारिका प्रकरण : आरोपित श्रेष्ठ जनकपुरबाट पक्राउ

काठमाडौँ– निहारिका राजपुत बलात्कारका आरोपित शिवराज श्रेष्ठ पक्राउ परेका छन् । श्रेष्ठलाई प्रहरीले धनुषाको जनकपुरबाट मंगलबार साँझा पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए । न्याय खोज्दै आमरण अनशन गरिरहेकी महोत्तरीको जलेश्वर नगरपालिका– ९ की सोनालीकुमारी सिंह ‘निहारिका’लाई हिजो मात्रै कानुनमन्त्री गोविन्द बन्दीले भेटी आरोपितलाई पक्राउ गर्ने प्रतिबद्धता जनाउँदै अनशन […]

न्याय खोज्दै आमाहरू राजधानीमा

जाजरकोटका नवराज विकसँगै मारिएका छ जना युवाका आमा यतिबेला न्याय माग्दै राजधानी आउनुभएको छ । उहाँहरू सर्वोच्च अदालतसमेत पुग्नुभएको छ । सर्वोेच्च अदालतमा शुक्रबार थुनछेक बहस हुने खबर पाएपछि पीडित परिवार काठमाडौँ आएका हुन् । न्यायका लागि आफूहरू काठमाडौँ आएको नवराजकी आमा उर्मिला विकले जानकारी दिनुभयो । घटना भएलगत्तै ३४ जना आरोपी पक्राउ परेकामध्ये चार जना रुकुम पश्चिम जिल्ला अदालतले र चार जना उच्च अदालत सुर्खेतको आदेशले धरौटीमा छुटेका छन् । बाँकी २६ जनामध्ये पनि चार जनालाई धरौटीमै छुटाउन खोज्दा उच्च अदालत सुर्खेतमा मत बाझिएपछि सो मुद्दा सर्वोच्च अदालत आइपुगेको हो ।