वडाध्यक्षले फिर्ता गरे सरकारी मोटरसाइकल

२ साउन, तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं. ५ का वडाअध्यक्ष हिमाल श्रेष्ठले नगरपालिकाबाट लिएको सरकारी मोटरसाइकल फिर्ता गरेका छन् । वडा कार्यालयको कामकाजका लागि भनी व्यास नगर पालिकाबाट लिएको ग १ ब ८१६ नम्बरको मोटरसाइकल उनले कार्यालयमा बुझाएका हुन् । वडाध्यक्ष श्रेष्ठले सरकारी नम्बर प्लेटको मोटरसाइकल प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलको रोहबरमा नगरपालिकालाई […]

सम्बन्धित सामग्री

व्यास नगरपालिकाका वडाध्यक्षले फिर्ता गरे सरकारी मोटरसाइकल

तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं.५ का वडाध्यक्ष हिमाल श्रेष्ठले नगरपालिकाबाट लिएको सरकारी मोटरसाइकल फिर्ता गरेका छन् । वडा कार्यालयको कामकाजका लागि भनी व्यास नगर पालिकाबाट लिएको ग १ ब ८१६ नम्बरको मोटरसाइकल उनले कार्यालयमा बुझाएका हुन् । वडाध्यक्ष श्रेष्ठले सरकारी नम्बर प्लेटको मोटरसाइकल प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलको रोहबरमा नगरपालिकालाई बुझाएका थिए । […]

स्याङ्जामा सार्वजनिक बिदाका दिन चलेका सरकारी सवारीसाधन नियन्त्रणमा

जेठ ८, स्याङ्जा । सार्वजनिक बिदाका दिनमा सञ्चालन गरिएका सरकारी सवारी साधनलाई नियन्त्रणमा लिइएको छ ।  जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सार्वजनिक बिदाका दिनमा सार्वजनिक निकायले कार्यालयका सवारी साधन सञ्चालन नगर्ने गृह मन्त्रालयको निर्देशनानुसार कार्यान्वयन गर्ने क्रममा शनिवार पाँच सवारी साधन नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदमराज थापाका अनुसार बिरुवा गाउँपालिकाका दुई मोटरसाइकल, शिक्षा कार्यालयको एउटा मोटरसाइकल, गल्याङ नगरपालिकाको चार पांग्रे सवारी साधन र पर्वतको पैयुँ गाउँपालिकाको चार पांग्रे सवारी साधन नियन्त्रणमा लिइएको हो । आज पनि सार्वजनिक बिदा भएकाले अनुमति बिना सरकारी सवारी साधन सञ्चालन गरेको पाइएमा नियन्त्रणमा लिइने उनले बताए । शनिवार नियन्त्रणमा लिइएका सरकारी सवारी साधन आज सार्वजनिक बिदा भएकाले सोमवार मात्रै आवश्यक प्रक्रिया पूरा गरेर फिर्ता गरिने उनले जानकारी दिए ।  नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय भई यही जेठ १ गतेदेखि लागू भइसकेकाले सार्वजनिक बिदाका दिनमा प्रशासन कार्यालयबाट जारी भएका पास बाहेकका सरकारी सवारी साधन सञ्चालन नगर्न नगराउन अनुरोध गरिएको छ । रासस

मेयरले फिर्ता गरे सरकारी गाडी

संखुवासभा : जिल्लाकाे पाँचखपन नगरपालिकाका मेयरले प्रयोग गर्दै आएको सरकारी गाडी नगरपालिकालाई फिर्ता गरेका छन्।मेयर विपिन राईले प्रयोग गर्दै आएको को १ झ ५४० नम्बरको स्कोर्पियो गाडी  फिर्ता गरेका हुन्।उनले शुक्रबार गाडी र मोटरसाइकलको चाबी प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडालाई हस्तान्तरण गरेका छन्।निर्वाचन आचारसंहितालाई ध्यानमा राखी आफूले प्रयोग गर्दै आएको सवारी साधन फिर्ता गरेको राईले बताए।आफूले प्रयोग गर्दै आएको गाडी र मोटरसाइकल दुवै फिर्ता गरेको उनले जानकारी दिए।स्थानीय तह निर्वाचन नजिकिँ