काठमाण्डाै – सरकार परिवर्तन हुने बित्तिकै राजदूत फिर्ता बोलाउने बेथितिको अन्त्य गर्नुपर्नेमा सांसदहरूले जोड दिएका छन् । आज शुक्रवार प्रतिनिधि सभा अन्तर्गतकाे अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसदहरूले सरकार परिवर्तन भएसँगै राजदूतहरूलाई फिर्ता बोलाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका हुन् ।
बैठकमा बोल्दै नेकपा (एमाले) का सांसद डा. भीम रावलले सरकार र मन्त्री फेरिनासाथ राजदूत फिर्ता बोलाउनुलाई बेथितिको संज्ञा दिनुभयो । यसरी समयअघि नै राजदूतलाई फिर्ता बोलाउनाले विश्वमा सरकार कमजोर हुने उहा...