महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल वर्तमान सरकारमा सहभागी हुन सकारात्मक भएको छ । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग पटक-पटक भएको छलफलले सो दलका नेताहरु सरकारमा सहभागी हुनका लागि सकारात्मक भएका हुन् । तर लोसपाले स्थानीय तहको चुनावअघि नै सरकारमा सहभागी गराउन प्रस्ताव गरेको छ । प्रधानमन्त्री देउवा मन्त्रीपरिषद् हेरफेर गर्ने तयारी गरिरहँदा लोसपा बोलाएर पनि छलफल गरेका छन् । रक्षा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय खाली छन्