दाङ : उद्योगी, व्यवसायीहरूले तत्काल कोरोनाविरुद्धको खोप व्यवस्था गर्न माग गरेका छन्। तुलसीपुर उद्योग वाणिज्य संघले महामारीमा अत्यावश्यक सेवा प्रवाह गरिरहेका व्यक्तिहरूलाई खोप लगाउन लुम्बिनी प्रदेश सरकारसँग माग गरेको हो।सोमबार संघका अध्यक्ष रामप्रसाद चालिसेको अगुवाइमा बुटवल पुगेको टोलीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल समक्ष उक्त माग गरेको हो। साथै, संघले मुख्यमन्त्री समक्ष तुलसीपुरलगायत पश्चिम दाङको आर्थिक समृद्धि र विकासका मागहरूसहितको अनुरोधपत्र समेत पेश गरेको छ। उक