काठमाण्डाै – हिजो साढे ५४ अङ्कले बढेको शेयर बजार आज भने सामान्य मात्रै बढेको छ । शेयर बजार परिसूचक नेप्से आज एक दशमलव १५ अङ्कले बढेर दुई हजार एक सय ९६ दशमलव २५ विन्दुमा पुगेको छ ।
आज बैंकिङ, व्यापार, जलविद्युत्, उत्पादन र लगानी समूहको शेयर बढेको छ । दुई सय १७ वटा कम्पनीका एक करोड पाँच लाख १८ हजार कित्ता शेयर चार अर्ब ६७ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको ३८ करोड ३१ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
आज बुटवल पावर कम्पनी, गुडविल फाइनान्स र सिटिजन म्युचल...