हामी सानोमा स्कूल पढ्दा देशमा पञ्चायती शासन व्यवस्था थियो । पञ्चायती व्यवस्थाकै गुणगान गाउनुपर्ने बाध्यकारी अवस्था थियो । पाठ्यक्रममा पनि ‘पञ्चायत’ नामको एउटा पुस्तक पढ्नुपर्थ्यो । हामीलाई ‘नेताहरू दलगत स्वार्थमा लागेको र जनअपेक्षा अनुसार काम गर्न नसकेकाले श्री ५ महेन्द्रबाट २०१७ साल पुस १ गते देशको माटो सुहाउँदो पञ्चायती व्यवस्थाको प्रादुर्भाव गरिबक्स्यो’ भन्ने पढाइयो । […]