‘साइकल सांसदलाई मस्तिष्क घात, उपचारका लागि मागियो सबैको साथ

नेपाली दलित आन्दोलनका अगुवा लालबहादुर विश्वकर्मा विगत तीन महिनादेखि मस्तिष्क घातमा छन् । पूर्वसहायकमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य विश्वकर्मा आर्थिक स्रोतको अभावका कारण सस्तो उपचार खोज्दै अहिले कीर्तिपुरस्थित आयुर्वेद अस्पतालमा पुगेका छन् । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुरमा भर्ना भएर उपचार गराउँदै आएका उनको दाहिने हात र दाहिने गोडालगायत एकातिरको भाग चल्दैन । असजिलो गरी बझलुछन्– ‘सरकार र राष्ट्रपतिज्यूबाट पनि केही सहयोग त भयो, तर लामो समयसम्म उपचार गराउनुपर्ने भएक...

सम्बन्धित सामग्री

मस्तिष्कघात रोग उपचारमा आर्थिक अभाव

भद्रपुर। ब्रेन हेमोरेज (मस्तिष्क घात)का कारण जीवन मरणको संघर्ष गरिरहेका मेचीनगर–१० खयरडाँगीका ३० वर्षीय संजोग थापा मगरको उपचारमा चरम आर्थिक अभाव भएको छ । गाउँतिर मजदुरी गरेर परिवारको जीविका चलाउँदै आएका विपन्न परिवारका उनलाई पन्ध्र दिन अघि कार्तिक १ गते उच्च रक्तचापका कारण घरमै मस्तिष्क घात भएको थियो । त्यसपछि उपचारका लागि बिर्तामोडको बीएन्डसी अस्पतालमा […]

सुस्ता बचाउ अभियानका संयोजक गुरूङको निधन

नवलपरासी । सुस्ता बचाउ अभियानका संयोजक गोपाल गुरुङको निधन भएको छ । मस्तिष्क घात भएर गत पुस ८ गतेदेखि भइरहवा मेडिकल कलेजमा उपचारका क्रममा ६२ वर्षीय गुरुङको मंगलबार साँझ निधन भएको हो । भारतले पटक-पटक अतिक्रमणको चपेटामा पर्दै आएको नवलपरासीको सुस्ता भूमिलाई जोगाउन गुरुङको अगुवाईमा अभियान समिति गठन गरेर आन्दोलन हुँदै आएको थियो । नेपाल […]

पोखरा महानगरपालिकाका प्रमुख जिसी अस्पतालबाट डिस्चार्ज

मस्तिष्क घात भएर काठमाडौं बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार गराइरहेका पोखराका मेयर मानबहादुर जिसी डिस्चार्ज भएका छन् । यही साउन १ गते अचानक बिरामी परेपछि हेलिकोप्टरबाट काठमाडौंस्थित न्युरो अस्पतालमा लगेर उपचार गराइएको मेयर जिसी मंगलबार अस्पतालबाट डिस्चार्ज भएका हुन् ।मेयर जिसीलाई काठमाडौं लगिएको भोलिपल्टै टाउकोको अप्रेसन गरिएको थियो। १९ दिनअघि मेयर जिसीलाई आफ्नै निवासमा बिहान ४ बजेतिरको समयमा मस्तिष्काघात भएको थियो । त्यसलगत्तै उनलाई पोखराको मणिपाल अस्पताल हुँदै थप उपचारका लागि हेलिकोप्ट

मस्तिष्क घात भएर न्युरो अस्पताल भर्ना भएका पोखराका मेयर जिसी डिस्चार्ज

पोखरा : काठमाडौं बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार गराइरहेका पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी आज डिस्चार्ज भएका छन्। मस्तिष्क घात भएर १९ दिनसम्म अस्पतालमा उपचाररत जिसी आज डिस्चार्ज भएको उनका प्रेस सल्लाहकार माधव बरालले जानकारी दिएका छन्। १९ दिन अगाडि अचानक बिरामी परेपछि मेयर जिसीलाई उपचारका लागि  हेलिकोप्टरबाट काठमाडौं लगिएका थियो।…