पोखरा महानगरपालिकाका प्रमुख जिसी अस्पतालबाट डिस्चार्ज

मस्तिष्क घात भएर काठमाडौं बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार गराइरहेका पोखराका मेयर मानबहादुर जिसी डिस्चार्ज भएका छन् । यही साउन १ गते अचानक बिरामी परेपछि हेलिकोप्टरबाट काठमाडौंस्थित न्युरो अस्पतालमा लगेर उपचार गराइएको मेयर जिसी मंगलबार अस्पतालबाट डिस्चार्ज भएका हुन् ।मेयर जिसीलाई काठमाडौं लगिएको भोलिपल्टै टाउकोको अप्रेसन गरिएको थियो। १९ दिनअघि मेयर जिसीलाई आफ्नै निवासमा बिहान ४ बजेतिरको समयमा मस्तिष्काघात भएको थियो । त्यसलगत्तै उनलाई पोखराको मणिपाल अस्पताल हुँदै थप उपचारका लागि हेलिकोप्ट