पर्वत : जिल्लाको कुश्मा नगरपालिका–१ मालढुङ्गा स्थित कालीगण्डकी नदीमा जारी नेशनल र्याफ्टिङ च्याम्पियनसिपमा मंगलबार डाउन रिभर रेस र र्याफ्टिङ तर्फको सालोलम हुँदै छ।गण्डकी प्रदेशलाई साहसिक खेलकुदको गन्तव्य बनाउने उद्देश्यका साथ पहिलोपटक पर्वत र बागलुङको सिमानामा रहेको कालीगण्डकीमा प्रतियोगिताको तेस्रो तथा अन्तिम दिन बाँकी रहेका स्पर्धामा प्रतिस्पर्धा हुन लागेको हो।प्रतियोगितामा विजेता खेलाडीहरूलाई नगद सहित मेडल तथा प्रमाणपत्र वितरण गरिने परिषद्का लेखा प्रमुख नीलकण्ठ ढकालले जानकारी