वैदेशिक रोजगारीको नाममा बढ्यो मानव तस्करी, अमेरिकाबाट फर्काइए १७८ नेपाली

काठमाण्डौ –   दुई वर्षअघि २०७८ साल असार पाँच गते क्यारेबियन सागरमा डुङ्गा पल्टिदा अमेरिका हिँडेका सात नेपालीले ज्यान गुमाए । ज्यान गुमाउनेमा दाङका दुई जना, बाँकेका एक जना, पर्वतका दुई जना, स्याङ्जाका १ जना र नाम थर नखुलेका अर्का एक नेपाली थिए । अमेरिकी सपना पछ्याउँदै एजेण्टको भरमा लाखौँ रुपैयाँ खर्च गरेर कोलम्बियाबाट पानामा जाने क्रममा फेरि गएको वर्ष २०७९ कात्तिक २५ गते क्यारेबियन सागरमा डुङ्गा दुर्घटनामा परी रुकुम पश्चिमका दुई जना र प्युठानको एक जना गरी तीन नेपाली युवा सागरमा बेपत्ता भए ।&...

सम्बन्धित सामग्री

प्रहरी अधिकृतलाई अनुसन्धान प्रशिक्षण

काठमाडौं (अस) । बढ्दो मानव बेचबेखिन, वैदेशिक रोजगार ठगीजस्ता मुद्दामा प्रभावकारी अनुसन्धान गर्न दुई दर्जन प्रहरी अधिकृतहरूलाई प्रशिक्षण दिइएको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरो र मानव अधिकारका लागि जनमञ्चले संयुक्त रूपमा आयोजना गरेको दुई दिने प्रशिक्षणमा मानव बेचबिखन, वैदेशिक रोजगारी ठगी, मानव तस्करी लगायतका विषयमा केन्द्रित हुँदै अनुसन्धानलाई प्रभावकारी बनाउनेबारेमा जोड दिइएको थियो । बुधबार सम्पन्न प्रशिक्षण समारोहमा बोल्दै ब्यूरोका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक टेकप्रसाद राईले प्रशिक्षणले वैदेशिक रोजगारी, मानव बेचबिखनलगायतका विषयमा अनुसन्धान गर्न मद्धत पुग्ने बताए । सहभागीलाई प्रशिक्षण दिँदै श्रम तथा आप्रवासन विज्ञ सोम लुइँटेलले वैदेशिक रोजगारी ठगी र मानव बेचबिखनको समस्यामा परेकालाई प्रभावकारी रूपमा कानूनी सहायता आवश्यकता रहेको औंल्याए ।  ब्यूरोका प्रहरी नायब उपरीक्षक गोविन्द पन्थीले प्रशिक्षणले मानव तस्करी, वैदेशिक रोजगारी, मानव बेचबिखनजस्ता विषयमा अनुसन्धान गर्दा देखिएका विद्यमान कैयन विषयमा प्रष्टता ल्याएको बताए । प्रशिक्षणमा सहभागी प्रहरी निरीक्षक ज्ञानीमञ्जरी शर्माले प्रशिक्षणपछि पीडितको अधिकार कसरी संरक्षण गर्न सकिन्छ भन्नेबारे जानकारी भएको बताए । अर्का प्रहरी निरीक्षक सुरेन्द्र तामाङले अपराध अनुसन्धानका लागि अपनाइने तौरतरिका बारे जानकारी प्राप्त भएको धारणा राखे ।