प्रहरी अधिकृतलाई अनुसन्धान प्रशिक्षण

काठमाडौं (अस) । बढ्दो मानव बेचबेखिन, वैदेशिक रोजगार ठगीजस्ता मुद्दामा प्रभावकारी अनुसन्धान गर्न दुई दर्जन प्रहरी अधिकृतहरूलाई प्रशिक्षण दिइएको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरो र मानव अधिकारका लागि जनमञ्चले संयुक्त रूपमा आयोजना गरेको दुई दिने प्रशिक्षणमा मानव बेचबिखन, वैदेशिक रोजगारी ठगी, मानव तस्करी लगायतका विषयमा केन्द्रित हुँदै अनुसन्धानलाई प्रभावकारी बनाउनेबारेमा जोड दिइएको थियो । बुधबार सम्पन्न प्रशिक्षण समारोहमा बोल्दै ब्यूरोका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक टेकप्रसाद राईले प्रशिक्षणले वैदेशिक रोजगारी, मानव बेचबिखनलगायतका विषयमा अनुसन्धान गर्न मद्धत पुग्ने बताए । सहभागीलाई प्रशिक्षण दिँदै श्रम तथा आप्रवासन विज्ञ सोम लुइँटेलले वैदेशिक रोजगारी ठगी र मानव बेचबिखनको समस्यामा परेकालाई प्रभावकारी रूपमा कानूनी सहायता आवश्यकता रहेको औंल्याए ।  ब्यूरोका प्रहरी नायब उपरीक्षक गोविन्द पन्थीले प्रशिक्षणले मानव तस्करी, वैदेशिक रोजगारी, मानव बेचबिखनजस्ता विषयमा अनुसन्धान गर्दा देखिएका विद्यमान कैयन विषयमा प्रष्टता ल्याएको बताए । प्रशिक्षणमा सहभागी प्रहरी निरीक्षक ज्ञानीमञ्जरी शर्माले प्रशिक्षणपछि पीडितको अधिकार कसरी संरक्षण गर्न सकिन्छ भन्नेबारे जानकारी भएको बताए । अर्का प्रहरी निरीक्षक सुरेन्द्र तामाङले अपराध अनुसन्धानका लागि अपनाइने तौरतरिका बारे जानकारी प्राप्त भएको धारणा राखे ।

सम्बन्धित सामग्री

प्रहरीकै ३६ रोपनी जग्गामा किर्ते : प्रहरी तालिम प्रतिष्ठानद्वारा सिआइबीमा जाहेरी

किर्ते कागजपत्रका आधारमा प्रहरीकै जग्गा व्यक्तिको नाममा लैजाने प्रयास भएको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा प्रहरीले नै जाहेरी दिएको छ । प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानले केही दिनअघि सिआइबीमा जाहेरी दिएको हो ।  काभ्रेको...

बालविवाह न्यूनीकरणबारे चेतना फैलाउँदै सल्यान प्रहरी

सल्यान : सल्यान प्रहरीले बालविवाह न्यूनीकरणसम्बन्धी विद्यार्थीलाई जानकारी दिन थालेको छ। समाजमा बढ्दै गएको बालविवाहविरुद्ध विद्यार्थीलाई सचेत गराउन कक्षा शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।जिल्लाका स्कुल स्कुल पुगेर बालविवाह, यसको पारेको सामाजिक, आर्थिक तथा मनोवैज्ञानिक असर, बालविवाहबाट सृजित महिला हिंसा, घरेलु हिंसा लगायतका विषयमा विद्यार्थीहरूलाई प्रशिक्षण दिँदै आइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख दामोदर केसीले बताए।प्रहरीको जिम्मेवारी अपराधी नियन्त

उपत्यकामा थप २५ हजार सीसीटीभी आवश्यक छ : आईजीपी सिंह

काठमाडौँ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले काठमाडौँ उपत्यकामा थप २५ हजार सीसीटीभी आवश्यक रहेको बताएका छन् । प्रहरी प्रशिक्षण प्रतिष्ठानमा बुधवार आयोजित उपत्यका स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा बोल्दै आइजीपी सिंहले अहिले उपत्यका प्रहरी कार्यालय मातहत ५ हजार मात्र सीसीटीभी रहेको बताए । जुन अपराध अनुसन्धान गर्न त्यो अपुग छ उनले भने । अपराध अनुसन्धानलाई […]

काठमाडौं उपत्यकामा थप २५ हजार सीसीटीभी आवश्यक छ– आईजीपी सिंह

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले काठमाडौं उपत्यकामा थप २५ हजार सीसीटीभी आवश्यक रहेको बताएका छन् । प्रहरी प्रशिक्षण प्रतिष्ठानमा बुधवार आयोजित उपत्यका स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा बोल्दै आइजीपी सिंहले भने– ‘अहिले उपत्यका प्रहरी कार्यालय मातहत ५ हजार मात्र सीसीटीभी छ, अपराध अनुसन्धान गर्न त्यो अपुग छ ।’अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन उपत्यकामा २५ हजार क्लोज सर्किट टेलिभिजन (सीसीटीभी) थप्नुपर्ने आइजीपी सिंहले बताए । आर्थिक अपराध र साइबरसँग सम्बन्धित अपराध बढेको

१३१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं : प्रहरी प्रधान कार्यालयले १३१ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) को सरुवा गरेको छ ।प्रहरी प्रधान कार्यालयले प्रहरी प्रधान कार्यालय जनसम्पर्क उपशाखा, महानगरीय अपराध महाशाखा टेकु, प्रहरी प्रधान कार्यालय सुरक्षा, सेवा व्‍यवस्थापन निर्देशनालय, अपराध अनुसन्धान विभाग लागू औषध शाखा, प्रशासन विभाग, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जलगायतका डिएसपीहरुको सरुवा गरेको हो।हेर्नुहोस् सूची

प्रहरी महानिरीक्षक सिंहबाट राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निरीक्षण

काठमाडौँ- प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको बुधबार निरीक्षण गरेका छन् । सो क्रममा उनले प्रतिष्ठानस्थित आन्तरिक कक्षा कोठा, प्रशिक्षार्थी ब्यारेक, मेस, पुस्तकालयको साथै प्रहरी निरीक्षक आधारभूत तालिमका प्रशिक्षार्थीहरूको कवाज एवम् प्रतिष्ठान परिसरमा अवस्थित अपराध अनुसन्धान विद्यालयको निरीक्षण गरेका थिए । प्रहरी महानिरीक्षक सिंहले सोही अवसरमा प्रतिष्ठान परिसरस्थित बाधापार इलाकामा वृक्षारोपण […]

आइजीपी सिंहले गरे राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निरीक्षण

नेपाल प्रहरीका आइजीपी धीरजप्रताप सिंहले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको बुधबार निरीक्षण गरेका छन् ।  सो क्रममा उनले प्रतिष्ठानस्थित आन्तरिक कक्षा कोठा, प्रशिक्षार्थी ब्यारेक, मेस, पुस्तकालयको साथै प्रहरी निरीक्षक आधारभूत तालिमका प्रशिक्षार्थीहरूको कवाज एवम् प्रतिष्ठान परिसरमा अवस्थित अपराध अनुसन्धान विद्यालयको निरीक्षण गरेका थिए । आइजीपी सिंहले सोही अवसरमा प्रतिष्ठान परिसरस्थित बाधापार इलाकामा वृक्षरोपण समेत गरेका थिए । निरीक्षण पश्चात आयोजित कार्यक्रममा प्रहरी महानि

प्रहरी महानिरीक्षक सिंहद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निरीक्षण

काठमाडौँ– प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको बुधबार निरीक्षण गरेका छन् । सो क्रममा उनले प्रतिष्ठानस्थित आन्तरिक कक्षा कोठा, प्रशिक्षार्थी ब्यारेक, मेस, पुस्तकालयको साथै प्रहरी निरीक्षक आधारभूत तालिमका प्रशिक्षार्थीहरूको कवाज एवम् प्रतिष्ठान परिसरमा अवस्थित अपराध अनुसन्धान विद्यालयको निरीक्षण गरेका थिए । प्रहरी महानिरीक्षक सिंहले सोही अवसरमा प्रतिष्ठान परिसरस्थित बाधापार इलाकामा वृक्षरोपण […]

एआईजीहरूको सरुवा, को कहाँ पुगे ?

सरकारले नेपाल   प्रहरीका   पाँच   जना   प्रहरी अतिरिक्त   महानिरीक्षक (एआईजी) को बिहीबार सरुवा गरे को छ । एआईजी विश्वराज पोखरेललाई प्रहरी प्रधान कार्यालय कार्य  तथा  अपराध अनुसन्धान विभागबाट मानस्रोत तथा प्रशासन विभाग प्रमुखमा,राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज प्रमुख एआइजी प्रद्युम्न कार्कीलाई कार्य विभाग प्रमुखमा  सरुवा गरिएको गृहमन्त्री बालकृष्ण खाणको सचिवालयले रातोपाटीलाई बतायाे ।त्यस्तै एआईजी निरज शाहीलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान