इलाम : इलामको पशुपतिनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०८०/८१ को पुससम्ममा एक करोड ३४ लाख १३ हजार राजस्व संकलन गरेको छ।यो लक्ष्यको ६९.९६ प्रतिशत हो। आव २०८०/८१ मा भन्सारले एक करोड ९१ लाख ७१ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको थियो। यसैगरी आव २०७७/७८ मा एक करोड ८९ लाख ९९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको पशुपतिनगर भन्सारले एक करोड दुई हजार रुपैयाँ राजस्व संकलन गरेको कार्यालय प्रमुख प्रवीन सुब्बाले जानकारी दिए। यस्तै आव २०७८/७९ मा रु दुई करोड ५३ लाख ४० ह