काठमाडौं : सर्लाहीका प्रमुख जिल्ला अधिकारीसहित तीन सुरक्षा प्रमुखलाई जिम्मेवारीबाट हटाइएको छ।सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौर र सशस्त्र प्रहरी १० नम्बर गणका प्रमुख प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठलाई जिम्मेवारीबाट हटाइएको हो।केही समय अघि सर्लाहीमा तीनवटै सुरक्षा प्रमुख तास खेलिरहेको भिडिओ बाहिरिएपछि उनीहरूलाई एकै समयमा सरूवा गरिएको बुझिएको छ।महतोलाई गृहमा तानिएको छ भने गृहबाट बाबुराम खतिवडालाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवा