नेपाल समाचारपत्र, काठमाडौं । सरकारले आज बुधबारदेखि केही दिनका लागि राज्य कोषबाट खर्च गर्न नपाउने भएको छ । संसद्मा बजेट पारित नभई ‘बजेट होलिडे’ भएकाले केही दिन सरकारले खर्च गर्न नपाउने भएको हो । नेपालको संसदीय इतिहासमा यो पहिलो घटना भएको विज्ञहरू बताउँछन् । चालू आर्थिक वर्षका निम्ति पूर्ववर्ती सरकारले अध्यादेशमार्फत बजेट ल्याएको थियो । […]