तनहुँको देवघाट गाउँपालिकामा ९८ वर्षीया बृद्धालाई कोभिडविरुद्धको खोप लगाइएको छ । देवघाट क्षेत्र विकास समिति अन्तर्गतको समाजकल्याण केन्द्र ज्येषठ नागरिक आश्रममा बस्दै आउनु भएकी ९८ बर्षीया अगमकुमारी उपाध्यायलाई आइतबार कोभिडविरुद्धको खोप लगाई देवघाट गाउँपालिकामा खोप अभियान सुरु गरिएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख प्रदीपकुमार बुढाथोकीले जानकारी दिनुभयो ।