चालु आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.२४ प्रतिशत पुगेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही समयमा यस्तो मुद्रास्फीति ३.७९ प्रतिशत रहेको थियो ।
असोज महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.६३ प्रतिशत पुगेको छ । यस्तै गैर–खाद्य तथा सेवा समूहका मुद्रास्फीति ४.७२ प्रतिशत रहेको छ ।
२०७७ असोजको तुलनामा २०७८ असोजमा घ्यू तथा तेल, माछा तथा मासु, दाल तथा गेडागुडी, सुर्तीजन्य वस्तु र गैर–मदिराजन्य पेय पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः ३१.६८...