गृह मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउनेलाई पक्राउ गर्ने चेतावनीसहितको विज्ञप्ति जारी गरेपछि सरकारले वाक स्वतन्त्रताप्रति धावा बोल्न खोजेको भन्दै सरोकारवालाले विरोध जनाएका छन् । उनीहरुले राष्ट्रियताको सवालमा बोल्न नसक्ने सरकारले प्रदर्शनकारीलाई चेतावनी दिँदै विज्ञप्ति जारी गरेर ‘कम्फरटेबल’ भूमिका निर्वाह गरिरहेको आरोप लगाएका छन् ।आइतबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरेर मोदीको पुत्ला जलाएको भन्दै गम्भीर आपत्ति जनाएको थियो । मन्त्रालयले छिमेकी प्रध