उसको यतिबेला विरोध गर्नु प्रतिपक्षको सत्तागमनझै ठहर्छ उनकोविरुद्ध उभिनु कुर्सीबाट गलहत्याउनझै हुन्छ
हठाट मृत्युको मुखमा धकेलेर आफूलाई बचाउने हनुमानहरूसामु भट्याइरहेछ कुकदमको प्रशंसा गर हरेक अपमानको तिरस्कार गर किनभने आलोचना गर्नेहरू सबभन्दा बढी सत्ताप्रति लालायित हुन्छन अनि नै हो दबाउने बन्दुकको तागत लगाएर छानीछानी दारानंग्रा भाँचिदिने हो कालो कोठरीमा थुनेर अनि बल्ल बलियो निरङ्कुश लोकतन्त्र सन्तुष्ट रहन्छ ।