काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्वस्थ भएर अस्पताल भर्ना भएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेट्न अस्पताल पुगेका छन्। रुघाखोकी, ज्वरो र छातीमा संक्रमण भएपछि अध्यक्ष नेपाल मंगलबार राति त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका छन्। उनको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।उनीहरूले नेता नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै केही समसामयिक राजनीतिक विषयमा कुराकानी गरेका