१४ माघ, काठमाडौं। महानगरीय प्रहरी परिसरले बैंकिङ कसूरका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उप-महानगरपालिका-८ घर भई काठमाडौंको बानेश्वर-१० मा बस्दै आएका ४९ वर्षीय कमल कुमार सिंह रहेका छन् । उच्च अदालत पाटनको २०७७ पुस १५ गतेको आदेश अनुसार सिंहले १५ लाख धरौटी बुझाउन नसक्दा डिल्लीबजार कारागारमा जेल चलान गरिएको थियो । […]