जनकपुरधाम – सर्लाहीमा मन्दिर बनाउने क्रममा करेन्ट लागेर एकजना मजदुरको मृत्यु भएको छ। जिल्लाको लालबन्दी नगरपालिका–१५ सतभैयाका धनबहादुर दर्लामीको मन्दिर बनाउने क्रममा सोही स्थानका ४५ वर्षीय कुलबहादुर पुलामी मगरको मृत्यु भएको हो। त्यस्तै ४२ वर्षीय गणेशबहादुर दर्लामी घाइते भएका छन्। रड मिलाउने क्रममा बिजुलीको पोलमा रहेको नाङो तारमा रडले छुँदा करेन्ट लागेको थियो। करेन्ट लागेर […]