भन्सार छली ल्याइएको १८६ बोरा चिनी बरामद गरी प्रहरीले भैरहवा भन्सारलाई जिम्मा लगाएको छ । बुधबार साँझ रूपन्देहीको बुटवल उपमहानगरपालिका-१७ रानीगञ्ज जनशक्ति टोलका नारायणी न्यौपानेको घरमा लुकाई राखिएको र गाडीमा लोड-अनलोड गर्दै गरेको अवस्थामा प्रहरीले चिनी बरामद गरेको हो ।