भाडाका घरमा गाउँका ‘सिंहदरबार’

म्याग्दीका अधिकांश स्थानीय तहका कार्यालय भाडाका घरबाट सञ्चालन हुँदै आएका छन् । पालिकाको पूर्वाधार बनाउनतर्फ जनप्रतिनिधिको ध्यान नपुग्दा सेवा प्रवाहमा असहज हुनुका साथै भाडाका लागि राज्यकोषबाट वार्षिक करोडौं रकम खर्च भइरहेको छ । जिल्लामा छ वटा स्थानीय तह र ४५ वटा वडा कार्यालय छन् ।          बेनी नगरपालिका र धवलागिरि गाउँपालिकाको कार्यालय सरकारी भवनबाट सञ्चालन भएको छ भने मालिका, मङ्गला, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाको कार्यालय भाडाका घरमा राखिएको छ । मङ्गलाका पाँचवटै वडाको भवन छन् । अन्य पालिकाका १३ वटा वडा कार्यालय अझै भवनविहीन छन् ।          अधिकांश वडा कार्यालय भवन जीर्ण भएकाले नयाँ निर्माण गर्नुपर्ने अवस्थामा छन् । स्थानीय तह निर्वाचनपछि दुई वडा कार्यालय भवन निर्माण भएका छन् । मङ्गला गाउँपालिकाको बुकेनीमा वडा नं ४ र अन्नपूर्ण गाउँपालिकाको घारमा वडा नं ६ को कार्यालय भवन निर्माण भएको हो । गाउँपालिकाको छ वडा कार्यालय भवन भने निर्माणको चरणमा छन् ।          धवलागिरि गाउँपालिका–३ फलियागाउँका मदन मल्लले जनप्रतिनिधिले पालिका र वडा कार्यालय भवन निर्माणमा बेवास्ता गर्दा सरकारी रकम खर्च भइरहेको र सेवा प्रवाहमा पनि कठिनाई हुने गरेको बताउनुभयो । “धवलागिरिको स्थायी केन्द्र कायम भएको घट्टेखोलामा १० रोपनीभन्दा बढी जग्गा गाउँपालिकालाई दिएको तीन वर्ष बिते पनि अझै पूर्वाधार बनाउने सुरसार छैन्”, उहाँले भन्नुभयो “साँघुरा कोठामा बसेर सेवा प्रवाह गर्दा कर्मचारीलाई असहज र नागरिकलाई सास्ती भएको छ ।”

सम्बन्धित सामग्री

बैतडीको अधिकांश स्थानीय सरकार भाडाका घरमा

बैतडी : बैतडीका आठ वटा स्थानीय तह भाडाका घरमा सञ्चालन भइरहेका छन्। दशरथचन्द नगरपालिका र शिवनाथ गाउँपालिकाबाहेकका अन्य स्थानीय तह भाडाका घरमा सञ्चालन भइरहेका हुन्। स्थानीय तह स्थापना भएको दुई वर्ष हुन लाग्दा पनि स्थानीय तहका आफ्नै भवन नहुँदा भाडाका घर, विद्यालयका भवनमा कार्यालय सञ्चालन भइरहेका छन्। कार्यालय भवन नहुँदा स्थान...

जमिन भाडामा दिएर बैंक भाडाको घरमा

२०२४ सालमा कञ्चनपुरको महेन्द्रनगरमा शाखा विस्तार गरेको राष्ट्रिय वाणिज्य बैंक हालसम्म बजारक्षेत्रमा भाडाका घर चहार्दै बैंकिङ सेवा दिँदै आएको छ । पार्किङ सुविधानसहित अत्याधुनिक कार्यालय बनाउन प्रशस्त जग्गा हुँदाहँुदै पनि राष्ट्रिय वाणिज्य बैंक पाँच दशकदेखि घर भाडामा लिएर कारोबार गर्दै आएको छ ।