पाकिस्तानका पूर्वकप्तान तथा स्टार क्रिकेटर साहिद अफ्रिदीले नेपालीहरूले गरेको न्यानो स्वागतबाट आफु निकै खुसी भएको बताएका छन् । यसपटक एभरेस्ट प्रिमियर लिगमा पुरै सिजन नभएर केवल दुई खेल मात्रै खेल्ने पनि उनले बताए । काठमाडौं किंग्स इलाभेनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अफ्रिदीले नेपाली क्रिकेटलाई आवश्यकता परेको समयमा आफुले सँधै साथ दिने बताए ।‘नेपालमा मैले विगत दुई दिन निकै रमाइलो महसुस गरें । यस सिजन केवल दुई खेल खेल्नेछु । तर अर्कोपटक म पुरै सिजन खेल्नेगरी आउनेछु’ उनले भने, &