पाकिस्तानी खेलाडी शाहिद अफ्रिदीले नेपाल र नेपालीले दिने सत्कार, सम्मान निकै राम्रो भएको भन्दै यहाँ आउँदा पाकिस्तान जस्तै घर लागेको प्रतिक्रिया दिएका छन् । आज दिउसो त्रिभुवन विमानस्थल ओर्लिएका अफ्रिदीले नेपाल राम्रो देश भएको भन्दै नेपाल भ्रमण गर्न पाउँदा खुसी लागेको बताएका हुन् । साथै उनले आफ्नो लक्ष्य नेपाली जनता र क्रिकेटलाई साथ र सहयोग गर्न नेपाल आएको जिकिर गरे ।अफ्रिदी चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपिएल) क्रिकेट प्रतियोगिता खेल्न आज काठमाडौँ आइपुगेका हुन् । अफ्रिदीलाई ईपिएलका निर्देशक