निर्वाचनका लागि खटिए कर्मचारी र सुरक्षाकर्मी

लमजुङ- ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि लमजुङमा कर्मचारी र सुरक्षाकर्मी आ-आफ्नो  केन्द्रमा  खटिएका छन् । आठ वटा स्थानीय तह र ७५ वटा वडा रहेको लमजुङमा १४ सय ९७ कर्मचारी र २३ सय ७६ सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्लाभर एक सय ८८ मतदान अधिकृतसहित १४ सय ९७ कर्मचारी आ-आफ्नो निर्वाचन सामग्री बुझेर निर्वाचनको […]

सम्बन्धित सामग्री

निर्वाचन सम्पन्न गरेकामा सरकारद्वारा सबैमा धन्यवाद

काठमाडौं, २१ मंसिर । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन यही मङ्सिर ४ गते एकैचरणमा सफलतापूर्वक सम्पन्न गरेकामा निर्वाचन आयोगलाई धन्यवाद ज्ञापन गरेको छ । मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले निर्वाचनलाई सफल तुल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण मतदाता, राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी, सञ्चारमाध्यम, सञ्चारकर्मी, नागरिक समाजलगायतलाई पनि धन्यवाद दिएको छ । नेपाल सरकारद्वारा […]

मतदान स्थल पुग्दै कर्मचारी र सुरक्षाकर्मी : कतै बाक्लो हिउँले समस्या

काठमाण्डाै - पर्सि आइतवार हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि कर्मचारी र सुरक्षाकर्मी मतदान स्थल पुग्न थालेका छन् । निर्वाचन आयोगले आवश्यक सम्पूर्ण तयारी तथा व्यवस्थापन पूरा भएको जनाएको छ। कतिपय कर्मचारी र सुरक्षाकर्मी यसअघि नै चुनाव सामग्रीसहित मतदान स्थलमा पुगिसकेका छन् । मुख्य  निर्वाचन  कार्यालय  र निर्वाचन कार्यालयबाट मतदान स्थल र केन्द्रमा खटिएका कर्मचारी आवश्यक सामग्री बुझेर कार्यस्थलमा खटिन थालेका निर्वाचन आयोगले जनाएको छ । उनीहरुले बुझेको  सामग्री  प्रहरीको  सुरक्षा...

स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा सरकारको धन्यवाद

काठमाडौँ- सरकारले स्थानीय तह सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा निर्वाचन आयोग, राजनीतिक दल, मतदातालगायत सबैमा धन्यवाद ज्ञापन गरेको छ । यही जेठ ६ गते बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने राष्ट्र सेवक कर्मचारी, सुरक्षा निकाय तथा सुरक्षाकर्मी, सञ्चार माध्यम तथा सञ्चारकर्मी, नागरिक समाजलगायत निर्वाचन कार्यमा प्रत्यक्ष वा परोक्ष रुपमा सहयोग पुर्‍याउने सबैलाई धन्यवाद […]

गृह मन्त्रालयले भन्यो - कसैको डर, धम्की तथा प्रलोभनमा नपरी मतदान गर्नुहोस्

गृह मन्त्रालयले देशभरीका मतदानस्थलमा कर्मचारी तथा सुरक्षाकर्मी खटन पटन र निर्वाचन सामाग्री ढुवानी गरिसकेको जनाएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले देशभरका १०, ७५६ मतदानस्थलमा कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन सामाग्री ढुवानी गरिसकेको जनाएको हो ।मन्त्रालयले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग परिचालन गरी मतदानस्थलहरुमा सुरक्षा व्यवस्था मिलाइएको जनाएको छ ।  मन्त्राल

‘निर्वाचन लक्षित सुरक्षा व्यवस्था प्रभावकारी’

दमौली । तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जिल्लामा निर्वाचनलक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाइएको बताएका छन् । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन प्रशासन प्रतिबद्ध रहेको अर्यालले बताए । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको कार्यालयले मंगलवार जिल्लाको मानवअधिकारको अवस्था र निर्वाचनपूर्व अनुगमनको क्रममा प्रजिअ अर्यालले नेपाली सेनाको कमान्डमा चारवटै सुरक्षा निकाय प्रभावकारी रूपमा परिचालन भइरहेको बताए । राजनीतिक दलहरूको पटक–पटक बैठक राखेर निर्वाचन आचारसंहिताको प्रभावकारी पालनाका लागि जोड दिइएको र निर्वाचन आचारसंहिता उल्लंघन भएको देखिए त्यस्तो अवस्थामा सम्बन्धितलाई सचेत गराइएको उनले बताए । निर्वाचनलाई भयरहित, स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन सुरक्षा निकाय, कर्मचारी, राजनीतिक दल सबै प्रतिबद्ध रहेको उनले बताए । स्थानीय विशेष सुरक्षा व्यवस्था गरी निर्वाचन कार्यालय, उम्मेदवार, निर्वाचन सामग्री, दलको प्रचारप्रसार, मतदान सुरक्षा, मतदान केन्द्र सुरक्षा गरी तीन तहमा सुरक्षा प्रबन्ध गरिएको उनको भनाइ छ । जिल्लाका १३६ वटै मतदान केन्द्र र २९७ वटै मतदानस्थलमा खटिने कर्मचारीको व्यवस्थापन भई कर्मचारी आफ्नो मतदान केन्द्रमा पुग्ने क्रम जारिरहेको प्रजिअ अर्यालले बताए । एउटा मतदान केन्द्रमा २४ जनासम्मको सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ अर्यालले बताए । अनुगमनका क्रममा इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले इन्सेकले मानवअधिकारको संरक्षणमा कार्य गर्दै आएको र निरन्तर रूपमा निर्वाचनको पर्यवेक्षणको काम गरिरहेको जानकारी गराए । रासस

२९४६ मतदान केन्द्र अति संवेदनशील, २ लाख ६० हजार सुरक्षाकर्मी परिचालन

स्थानीय तह निर्वाचन स्वच्छ, भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थापन तयारी पूरा भएको छ । यही ३० गते शुक्रबारलाई निर्धारित निर्वाचन सुरक्षाका लागि दुई लाख ६० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । गृह मन्त्रालयले स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना–२०७८ अनुरूप निर्वाचन सुरक्षा व्यवस्थापनका लागि आवश्यक सुरक्षा तयारी तथा परिचालन कार्य सम्पन्न भएको जनाएको छ । निर्वाचन सम्पन्न गर्न करिब तीन लाखको हाराहारीमा कर्मचारी खटाइएका छन् ।  मुलुकका ७५३ स्थानीय तहका

मतदान केन्द्र पुग्दै कर्मचारी र सुरक्षाकर्मी

वीरगञ्ज । आसन्न स्थानीय तहका निर्वाचनका लागि बारा र पर्सा जिल्लामा  निर्वाचन गराउन खटिएका सबैजसो कर्मचारी तथा सुरक्षाकर्मी तोकिएको मतदानस्थल र मतदान केन्द्रमा पुग्न थालेका छन्  । निर्वाचन आयोगबाट प्राप्त मतपत्र, मत पेटिका र अन्य आवश्यक सामग्रीसहित मतदान केन्द्रमा आजै पुग्ने गरी  कर्मचारी खटाइएकामा उनीहरू आ–आफ्नो क्षेत्रमा पुग्न थालेका हुन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार पर्सा जिल्लामा ४०४ मतदान अधिकृत र ४०४ सहायक अधिकृतसहित अन्य सहयोगी कर्मचारीलाई  आवश्यक चुनावी सामग्री  विभिन्न मतदान केन्द्रमा खटाइएको हो । यस्तै जिल्लामा निर्वाचनलाई भयरहित बनाउनका लागि सबै सुरक्षा निकायसँग समवन्य गरी सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाइएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । मतदानस्थलको भौगोलिक अवस्था, अघिल्ला निर्वाचनको गतिविधि, मतदाता सङ्ख््या, स्थानीय नागरिकको अवस्थालाई ध्यानमा राखेर सुरक्षाकर्मी पठाइएको छ । हाल एक लाख ४८ हजार २८३ महिला, एक लाख ९१ हजार ५३७ पुरुष र १६ तेस्रो लिङ्गी गरी तीन लाख ३९ हजार ८३६ मतदाता रहेका जिल्लामा चौध पालिकाको निर्वाचनका लागि  १६७ निर्वाचन केन्द्र र ४०४ मतदान केन्द्र निर्धारण गरिएको छ । रासस

राष्ट्रिय सभा चुनावमा स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य (सूचीसहित)

काठमाण्डाै – राष्ट्रिय सभा चुनावका लागि निर्वाचन आयोगले स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरेको छ । माघ १२ गते हुन लागेको राष्ट्रिय सभा चुनावमा आयोगले मतदाता, कर्मचारी, दलका प्रतिनिधि, उम्मेदवार सुरक्षाकर्मी र स्वयंसेवक लगायतलाई लक्षित गरेर २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य गरेको हो । आयोगले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार मतदानस्थल तथा मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएका सबै व्यक्तिले पूर्ण मात्रा खोप लगाएको कार्ड देखाउनुपर्ने छ । यस्तै मास्क अनिवार्य लगाउनुपर्ने, मतदान स्थलमा तापक्रम मापन गर्ने थ...

राष्ट्रियसभा निर्वाचन : यस्तो छ स्वास्थ्य सुरक्षा मापदण्ड

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरेको छ । माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा आयोगले मतदाता, मतदान कर्मचारी, उम्मेदवार, दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्वयंसेवकलगायतलाई लक्षित गरेर २० बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउने भएको हो । मापदण्डअनुसार कोरोना सङ्क्रमण पुष्टि भएका मतदाताहरुलाई प्राथमिकताका साथ छुट्टै लाइनमा राखेर अन्य मतदानको […]