काठमाडौं । नेकपा एमालेको केपी ओली समूहमै मूलतः दुई धार देखा परेका छन् । दुईमध्ये एउटा धार शक्तिशाली हुँदा अर्को धार कमजोर हुने सिलसिला शुरु भएको छ ।ओली समूहभित्र नेकपा हुँदैदेखि एउटा धारको नेतृत्व ईश्वर पोखरेल, विष्णु रिमाल लगायतले गर्दै आएका थिए । यो धारमा पोखरेल र रिमालबाहेक ओली नजिकका अन्य नेताहरु पनि सहभागी हुँदै आएका छन्, जसमा पछिल्लो समय शंकर पोखरेल थपिएका छन् ।उता, अर्को धारको नेतृत्व एमाले संसदीय दलका उपनेता समेत रहेका सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ लगायतका नेता