बैतडी : बैतडीका ९ वटा विद्यालयलाई तीनतारे विद्यालय घोषणा गरिएको छ। ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको सहयोगमा सम्बन्धित पालिकाले विद्यालयलाई तीनतारे विद्यालय घोषणा गरेका हुन्। जिल्लाको शिवनाथ गापाका ४ र पञ्चेश्वर गापाका ५ वटा विद्यालयलाई तीनतारे घोषणा गरिएको हो। विद्यालयमा खानेपानी, सरसफाइ तथा स्वच्छताको अवस्था सुधार गरी विद्यालयलाई तीनतारे घोषणा गरिएको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका सामाजिक तथा संस्थागत विज्ञ राजु तिरुवाले बताए। खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी १०