काभ्रेको नमोबुद्ध नगरपालिकाले जेष्ठ नागरिक, पूर्णअशक्त र अतिविपन्नलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ । शुक्रबार नगरपालिकाको दोस्रो नगर सभाको पाँचौं अधिवेशनले आर्थिक वर्ष २०८१/०८२ को लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा स्वास्थ्य सेवामा जेष्ठ नागरिक, पूर्ण अशक्त र अति विपन्न नागरिकलाई पहिलो प्राथमिकता राखेको छ ।